२०८३ कार्तिक १४ गते शुक्रबार

इस्लिङ्टन कलेजको दीक्षान्त समारोहमा दुई विद्यार्थीलाई डेढ करोड बढीको अन्तर्राष्ट्रिय छात्रवृत्ति

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस २
597352686_1973353533608765_6148854061847341916_n

काठमाडौँ: इस्लिङ्टन कलेजले आफ्ना स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीहरूलाई दीक्षित गर्दै ललितपुरस्थित द प्लाजामा दुईदिने भव्य दीक्षान्त समारोह सम्पन्न गरेको छ। दीक्षान्त समारोह विद्यार्थीहरूको दीर्घ शैक्षिक यात्रापछि व्यावसायिक जीवनतर्फको औपचारिक प्रवेशको प्रतीकका रूपमा लिइन्छ, जहाँ उनीहरूले हासिल गरेको ज्ञान, सीप र अनुशासनले भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

समारोहमा स्नातक तह अन्तर्गत बीएससी (अनर्स) कम्प्युटिङ, बीएससी (अनर्स) कम्प्युटर नेटवर्किङ एण्ड आईटी सेक्युरिटी, बीएससी (अनर्स) मल्टिमिडिया टेक्नोलोजी, बीए (अनर्स) बिजनेस एडमिनिस्ट्रेशन, बीए (अनर्स) इन्टरनेशनल बिजनेस म्यानेजमेन्ट, बीए (अनर्स) डिजिटल बिजनेस म्यानेजमेन्ट, बीए (अनर्स) एड्भर्टाइजिङ एण्ड मार्केटिङ तथा बीए (अनर्स) इभेन्ट्स एण्ड टुरिजम म्यानेजमेन्ट कार्यक्रमका विद्यार्थीहरू सहभागी थिए। स्नातकोत्तर तह अन्तर्गत एमएससी आईटी, एमबीए तथा एप्लाइड सेक्युरिटी कार्यक्रमका विद्यार्थीहरू दीक्षित भएका थिए।

वार्षिक दीक्षान्त समारोहमार्फत इस्लिङ्टन कलेजले उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गर्ने आफ्नो परम्परालाई निरन्तरता दिएको छ। यसै अवसरमा प्रतिष्ठित इनोभेट नेपाल ग्रुप पोस्टग्राजुएट छात्रवृत्ति तथा इन्टरनेशनल स्टुडेन्ट हाउस र लन्डन मेट्रोपोलिटियन विश्वविद्यालय छात्रवृत्ति प्रदान गरिएको छ।

यस वर्षको प्रतिष्ठित इन्टरनेशनल स्टुडेन्ट हाउस तथा लन्डन मेट्रोपोलिटियन विश्वविद्यालय छात्रवृत्ति अनुष नेपाल र अंगना भट्टराईलाई प्रदान गरिएको छ। करिब १.५ करोड रुपैयाँभन्दा बढी बराबरको यस छात्रवृत्तिले ट्युशन शुल्क, आवास खर्च तथा दुईतर्फी हवाई भाडासमेत समेट्ने गर्दछ।

त्यस्तै, इनोभेट नेपाल ग्रुप पोस्टग्राजुएट छात्रवृत्ति श्री अम्स घिमिरे र सुश्री आयेशा नकर्मीलाई प्रदान गरिएको छ। यी विद्यार्थीहरूले इनोभेट नेपाल ग्रुप अन्तर्गतका कलेजहरूमा स्नातकोत्तर अध्ययन निरन्तरता दिनेछन् भने समूह अन्तर्गतकै संस्थामा कार्य गर्ने अवसरसमेत प्राप्त गर्नेछन्।

समारोहमा विभिन्न विषयमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई पनि सम्मान गरिएको थियो। सम्मानित विद्यार्थीहरूमा एमबीए कार्यक्रमबाट श्री आशुतोष राजभण्डारी, बीएससी (अनर्स) कम्प्युटर नेटवर्किङ तथा आईटी सेक्युरिटीमा श्री अम्स घिमिरे, बीएससी (अनर्स) मल्टिमिडिया टेक्नोलोजीमा श्री साहस शाक्य, बीएससी (अनर्स) कम्प्युटिङमा श्री क्षितिज श्रेष्ठ, आईटी विषयको अन्तिम वर्ष परियोजनामा टपर सुश्री प्रशिदिका तिवारी, बीएससी (अनर्स) कम्प्युटिङ विथ आर्टिफिसियल इन्टेलिजेन्समा टपर सुश्री प्रशिदिका तिवारी, बीएससी (अनर्स) कम्प्युटिङ विथ मोबाइल एप्लिकेशन डेभलपमेन्टमा टपर श्री प्रयत्न राजकर्णिकार, बीए (अनर्स) बिजनेस एडमिनिस्ट्रेशनमा टपर श्री अनुश नेपाल, तथा बीए (अनर्स) अकाउन्टिङ एण्ड फाइनान्समा टपर सुश्री प्रतीक्षा गुरुङ रहेका छन्।

इस्लिङ्टन कलेजले २५ वर्षभन्दा बढी समयदेखि सूचना प्रविधि, व्यवसाय प्रशासन तथा सम्बन्धित क्षेत्रमा स्नातक तथा स्नातकोत्तर कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूसँगको सहकार्य, उच्चस्तरीय शैक्षिक अभ्यास तथा विश्वव्यापी प्रतिस्पर्धामा सफल हुने दक्ष जनशक्ति उत्पादनप्रति कलेज निरन्तर प्रतिबद्ध रहँदै आएको छ।

प्रकाशित: २०८२ पुस २ गते बुधबार १२:४२
प्रतिक्रिया

थप समाचार

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...

कर्णालीमा बैंकको कर्जा लगानी ६६ अर्ब ८५ करोड, सुर्खेतमै ६० प्रतिशत केन्द्रित

काठमाडौँः कर्णाली प्रदेशका बैंक तथा वित्तीय संस्थामा निक्षेप संकलन उल्लेख्य रूपमा बढे पनि सोही अनुपातमा प्रदेशभित्र कर्जा लगानी विस्तार हुन सकेको छैन। कर्णालीबाट संकलित १ खर्ब ११ अर्ब १५...

कर्णाली डेभलपमेन्ट बैंकका ३५ सेयरधनीको सेयरपूँजी १ प्रतिशतमा झारिएको विवरण पुनः सार्वजनिक

काठमाडौँः समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकका ३५ जना सेयरधनीको सेयरपूँजी घटाइएको विवरण आज सार्वजनिक गरिएको छ। नेपाल राष्ट्र बैंकबाट गठित व्यवस्थापन समूहले यसअघि नै सम्बन्धित सेयरधनीहरूको...

सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवमा हेटौँडा शाखाद्वारा रक्तदान कार्यक्रम

हेटौँडा: सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवका अवसरमा हेटौँडा शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। नेपाल रेडक्रस सोसाइटीको सहयोगमा आयोजित कार्यक्रममा ४२ जनाले रक्तदान गरेका...

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना