२०८३ कार्तिक १५ गते शनिवार

समपूरक अनुदानमार्फत कोशीका ७ सडकको स्तरोन्नति

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, जेठ २७
ujadiyeko-basti

झापा- झापाको सुरुङ्गादेखि भारतको सीमा नाका डिगल बैंकसम्म २४ किलोमिटर सडकको स्तरोन्नतिका लागि रु १९ करोड बजेट विनियोजन गरिएको छ। समपूरक अनुदानतर्फ कोशी प्रदेश सरकारमार्फत निर्माण गरिने सडकका लागि नेपाल सरकार राष्ट्रिय योजना आयोगले सडकको स्तरोन्नतिका लागि सो रकम विनियोजन गरेको हो।

क्रमागत योजनामा राखेर आर्थिक वर्ष २०८०/८१ मा सो सडकलाई स्तरोन्नति गर्न बजेट विनियोजन गरिएको छ। सडक दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ। नालासहित ५० फिट चौडाइ रहने सडकको स्तरोन्नतिका लागि यसअघि तत्कालीन प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले शिलान्यास गरेका थिए। दुई चरणमा निर्माण गरिने सडकको अहिले स्तरोन्नति कार्य जारी छ।

पहिलो खण्ड झन्डै आठ किलोमिटरको सडकको स्तरोन्नति भएको छ। सो सडकको स्तरोन्नति कनकाई आशिष जेभी र दोस्रो खण्ड १८ किलोमिटर सडकको स्तरोन्नतिका लागि तुँदी–रोशन–मैनाचुली जेभीले तीन वर्षभित्रमा काम सक्ने गरी सम्झौता गरेको थियो।

झापाको पुरानो सदरमुकाम झापा बजार जोड्ने अमरपथ सडकखण्ड निर्माण सम्पन्न भएसँगै कुमरखोद नाका हुँदै भारतीय बजार दिघल बैंकसम्मको आवागमन सहज हुने विश्वास गरिएको छ।

यता प्रदेश सरकारअन्तर्गत भद्रपुर–ज्यामिरगढी, धुलाबारी, गुर्जाबस्ती, मागुरमाडी, शान्तिनगर–इरौटार सडकको स्तरोन्नति गरिने भएको छ। सडक स्तरोन्नतिका लागि रु ४० करोड बजेट विनियोजन गरिएको छ।

कोशी प्रदेशअन्तर्गत निर्माण सम्पन्न हुने सात आयोजनामध्ये दुई आयोजना झापाका हुन्। अन्य पाँच आयोजना धनकुटा र भोजपुरमा दुई/दुई रहेका छन् भने इलाममा एउटा आयोजना रहेको छ।

भोजपुरमा सञ्चालन हुने आयोजनामध्ये मैनामैनी–हसनपुर–चुहार सडकको स्तरोन्नतिका लागि रु १२ करोड र तुर्केपुल–झ्याउपोखरी–साङपाङ हुँदै फालिदोबाटो सडकको स्तरोन्नतिका लागि रु १५ करोड बजेट विनियोजन गरिएको छ।

धनकुटामा सञ्चालन हुने आयोजनामा हिले–उत्तरपानी–छिन्ताङ–अदुवा–त्रिवेणी सडकको स्तरोन्नतिका लागि रु १२ करोड र बिहीबारे–हटिया–कर्मिटार–बञ्चरे–ताङ्वुवा–तेलिया–परेवादिन–शुत्रलबारे सडकको स्तरोन्नतिका लागि रु पाँच करोड बजेट विनियोजन गरिएको हो।

प्रकाशित: २०८० जेठ २७ गते शनिवार ०२:१४
प्रतिक्रिया

थप समाचार

विश्वको अर्थतन्त्र आकार १२८० खर्ब हुँदा नेपालको साढे ४५ अर्ब डलर मात्र

विश्वको कुल अर्थतन्त्रको ४२ प्रतिशतभन्दा बढी हिस्सा अमेरिका र चीनले ओगटेका छन्। अमेरिकाको अर्थतन्त्रको हिस्सा विश्वको एक चौथाइ छ। अमेरिका, चीन, जर्मनी र जापान—यी चार देशले मात्र विश्वको कुल...

निर्यातले खर्ब नाघ्दा पनि व्यापार घाटा ५ खर्बमाथि, आयातको दबदबा कायमै

काठमाडौँः चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नेपालको वैदेशिक व्यापार उल्लेख्य रूपमा विस्तार भएको छ। निर्यातले पहिलोपटक तीन महिनामै खर्बको सीमा पार गरे पनि आयातको वृद्धिदर उच्च रहँदा...

बैंकको सेयर कर्जासँगै ब्रोकरको मार्जिन सुविधा, लगानीकर्ताका लागि के फरक?

बोनका अध्यक्ष डा गोपाल भट्टका अनुसार ब्रोकर प्रतिनिधिहरूसँगको छलफलमा २५ प्रतिशत आफ्नै मार्जिन राखेर बाँकी ७५ प्रतिशतसम्मको वित्तीय सुविधा लिन सकिने मोडेलबारे व्याख्या गरिएको छ।

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...

नीतिगत दरले बैंकको ब्याजदेखि बजारसम्म कसरी असर गर्छ?

नीतिगत ब्याजदर भनेको केन्द्रीय बैंकले अर्थतन्त्रमा कर्जा र पैसाको प्रवाहलाई प्रभावित गर्न निर्धारण गर्ने प्रमुख ब्याजदर हो। नेपालमा यस्तो दर नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत प्रयोग...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना