काठमाडौँ: दि ओरिएण्टल इन्स्योरेन्स कम्पनीले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा २० लाख रुपैयाँ सहयोग गरेको छ।
गएको भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाहरुको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहतका कार्यमा सहयोग पुर्याउने उद्देश्यले कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम नेपाल सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा योगदान गरेको हो।
उक्त सहयोग रकम बराबरको चेक कम्पनीका अध्यक्ष तथा प्रवन्ध निर्देशक संजय जोशीले आज मिति २०८२ पुस ३ गते विहीबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनाललाई हस्तान्तरण गरेका हुन्।


