काठमाडौँः साताको अन्तिम कारोबार दिन बिहीबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ। आज नेप्से परिसूचक १०.६६ अंकले बढेर २ हजार ६१५.०३ विन्दुमा बन्द भएको हो।
आज १ करोड १२ लाख ९१ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा ४ अर्ब ५७ करोड ७८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
आज ६३ कम्पनीको शेयर मूल्य बढेको छ भने १९४ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ। २ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ।
त्यस्तै, स्वस्तिक लघुवित्त र एसवाई प्यानलको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक कारोबार बराही हाइड्रोपावरको भएको छ। उक्त कम्पनीको मात्र २४ करोड ७२ लाख रुपैयाँको कारोबार भएको छ।


