२०८३ कार्तिक १४ गते शुक्रबार

डिजिटल डिसेम्बरअन्तर्गत उद्यम सशक्तिकरणका लागि लक्ष्मी सनराइज बैंकको त्रिपक्षीय सहकार्य

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस ११
MOU with AmCham – DigitalDecember (1)

काठमाडौँ:  लक्ष्मी सनराइज बैंकले डिजिटल डिसेम्बर २०२५ – उद्यम सशक्तीकरण अभियान अन्तर्गत नेपालमा प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (एआई) आधारित उद्यम नवप्रवर्तनलाई प्रवर्द्धन गर्ने उद्देश्यले आद्यन्त एडभाइजरी प्रालि र नेपालका लागि अमेरिकी वाणिज्य मण्डल (एमच्याम नेपाल) सँग समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेको छ।

सातौँ वर्षमा प्रवेश गरेको डिजिटल डिसेम्बर अभियान सुरुमा डिजिटल सचेतना केन्द्रित पहलका रूपमा सुरु भए पनि पछिल्ला वर्षहरूमा उद्यम रूपान्तरणसँग जोडिएको रणनीतिक प्लेटफर्मका रूपमा विस्तार हुँदै आएको बैंकले जनाएको छ। यस वर्षको संस्करणले उच्च मूल्य तथा उच्च परिमाणका व्यावसायिक कारोबारलाई नगद र चेकबाट सुरक्षित डिजिटल माध्यमतर्फ रूपान्तरण गर्ने, एपिआई तथा होस्ट–टु–होस्ट कनेक्टिभिटीमार्फत उद्यमीहरूको सञ्चालन प्रणालीमा बैंकिङ सेवा एकीकृत गर्ने र डिजिटल प्लेटफर्मलाई व्यवसायिक भुक्तानीको प्राथमिक माध्यमका रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ।

सम्झदारी अनुसार बैंकको उद्यम डिजिटलाइजेशन पहललाई नवप्रवर्तनसँग जोड्दै प्रारम्भिक चरणका नवप्रवर्तक, स्टार्टअप तथा उद्यमीहरूलाई वास्तविक बैंकिङ पूर्वाधार र विषयगत विशेषज्ञतासँग जोडिनेछ। यसमार्फत उनीहरूलाई पूँजी पहुँचका लागि तयार पार्ने उद्देश्य लिइएको छ।

एमओयूअन्तर्गत लक्ष्मी सनराइज बैंकले एपिआई सक्षमकरण, प्लेटफर्म कनेक्टिभिटी र उद्यम तयारीसँग सम्बन्धित सहकार्य क्षेत्रहरूमा काम गर्नेछ। यसमा चयन गरिएका खुला एपिआई वा स्यान्डबक्स वातावरणमार्फत उद्यमसम्बन्धी डिजिटल समाधानहरूको प्रारम्भिक नमूना (प्रोटोटाइप) विकास, सम्भावना भएका उद्यमहरूसँग प्रारम्भिक चरणमै संलग्न भई बजार तयारी र विस्तार क्षमताको मूल्याङ्कन तथा डिजिटल वित्त, वित्तीय प्रविधि (फिनटेक), स्टार्टअप तथा विस्तार चरणको पूँजी पहुँचसम्बन्धी विशेषज्ञ सत्रहरू समावेश छन्।

यस सहकार्यले अमेरिकी दूतावासको समर्थनमा सञ्चालन हुने नवप्रवर्तनको बीजारोपण र विस्तार, प्रभावका लागि कोड ह्याकाथन र अमेरिका–नेपाल व्यावसायिक कूटनीति संवाद श्रृंखला जस्ता तीनवटा राष्ट्रव्यापी पहललाई पनि सघाउनेछ। यी कार्यक्रमहरूमा सातै प्रदेशका करिब ४०० युवा नवप्रवर्तक, प्रारम्भिक चरणका संस्थापक र उदाउँदा उद्यमीहरू सहभागी हुने जनाइएको छ। कार्यक्रमहरू वित्तीय प्रविधि, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र जलवायु सहनशीलता जस्ता क्षेत्रमा उद्यम विकास तथा एआई आधारित समाधानहरूको प्रवर्द्धनमा केन्द्रित रहनेछन्।

डिजिटल डिसेम्बरको उद्यम भुक्तानी केन्द्रित दृष्टिकोणलाई नवप्रवर्तनसँग जोड्दै लक्ष्मी सनराइज बैंकले डिजिटल बैंकिङलाई केवल सञ्चालन सुधारको माध्यमका रूपमा नभई नेपालको नवप्रवर्तन अर्थतन्त्रको आधारभूत संरचनाका रूपमा अघि सारेको जनाएको छ। यस एमओयूले एकल उत्पादन प्रयोगबाट प्लेटफर्ममा आधारित बैंकिङतर्फको रूपान्तरणलाई प्रतिबिम्बित गर्ने बैंकको दाबी छ, जहाँ एपिआई, एकीकृत भुक्तानी प्रणाली र होस्ट–टु–होस्ट कनेक्टिभिटीमार्फत व्यवसायलाई सुरक्षित र प्रभावकारी रूपमा विस्तार गर्न सकिनेछ।

सम्झदारी अनुसार आद्यन्त एडभाइजरीले कार्यक्रम डिजाइन, मार्गदर्शन र समन्वयको भूमिका निर्वाह गर्नेछ भने एमच्याम नेपाल र आद्यन्त फण्ड म्यानेजमेन्टले निजी क्षेत्रका सञ्जाल परिचालन, दृश्यता वृद्धि, ज्ञान आदान–प्रदान र व्यापक सहभागिता सुनिश्चित गर्नेछन्।

एक महिनाभर सञ्चालन हुने डिजिटल डिसेम्बर २०२५ अभियान समापनतर्फ उन्मुख हुँदै गर्दा, यस एमओयूले कारोबारको डिजिटलाइजेशनसँगै नेपालमा उद्यम, नवप्रवर्तन र डिजिटल प्रणालीहरूको आगामी चरणलाई सघाउने प्रयासलाई प्रतिबिम्बित गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित: २०८२ पुस ११ गते शुक्रबार ०५:३९
प्रतिक्रिया

थप समाचार

सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवमा हेटौँडा शाखाद्वारा रक्तदान कार्यक्रम

हेटौँडा: सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवका अवसरमा हेटौँडा शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। नेपाल रेडक्रस सोसाइटीको सहयोगमा आयोजित कार्यक्रममा ४२ जनाले रक्तदान गरेका...

कामना विकास बैंक २०औँ वर्षमा, ८ स्थानमा रक्तदान कार्यक्रम गर्ने

काठमाडौँ: कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका आठ स्थानमा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। बैंकका अनुसार कार्तिक १५ गते कोशी प्रदेशको विराटनगरमा र कार्तिक...

आईसीटी अवार्डका लागि चार विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनोट

आईसीटी अवार्ड २०२६ अन्तर्गत स्टार्टअप तथा इनोभेसनसम्बन्धी चार विधाका ५० सेमिफाइनलिस्ट सार्वजनिक भएका छन्। अवार्डको ११औँ संस्करणका लागि प्राप्त २३० भन्दा बढी आवेदनबाट दुई चरणको छनोट प्रक्रियामार्फत...

कच्चा तेलको मूल्य बढेर ब्यारेलको ११७ डलरमाथि, महँगी बढ्ने जोखिम

काठमाडौँः अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलर माथि पुगेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ब्यारेलको ११७.३ डलरमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ। पश्चिम...

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना