काठमाडौँः हिमालयन एभरेष्ट इन्स्योरेन्सले ८ प्रतिशत लाभांश घोषणा गरेको छ। कम्पनीको पुस ११ गते बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो।
जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव गरेको छ।
यो लाभांश नियामक निकाय नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ।


