काठमाडौँ: प्रिमियम टाइल्स ब्रान्ड प्राइम टाइल्सले ‘अन ह्वील्स एक्सपेरियन्स सेन्टर’ शुभारम्भ गरेको छ। यस अवधारणाअन्तर्गत कम्पनीले दुईवटा विशेष रूपमा डिजाइन गरिएका ब्रान्डेड ट्रक सञ्चालनमा ल्याएको हो।
नवीन सोचका साथ तयार गरिएका यी चल्ती एक्सपेरियन्स सेन्टर ट्रक अब देशका विभिन्न भू–भागमा रहेका प्राइम टाइल्सका आधिकारिक डिलरसम्म पुग्ने कम्पनीको दाबी छ।
ट्रकभित्र नै एक्सपेरियन्स सेन्टरको स्वरूप दिइएकाले प्राइम टाइल्सका नवीनतम डिजाइन, उत्पादनको गुणस्तर, प्रविधि, विशेषता तथा समग्र ब्रान्ड अनुभव डिलर, कारिगर, आर्किटेक्ट र लक्षित ग्राहक समूहसमक्ष प्रत्यक्ष रूपमा प्रस्तुत गरिने कम्पनीले जनाएको छ।
प्राइम टाइल्सका अनुसार ‘जोड़ेछ जीवन’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै कम्पनीले आगामी दिनहरूमा पनि नवीन सोच, उत्कृष्ट गुणस्तर र साझेदारी–केन्द्रित अभियानमार्फत नेपाली टाइल्स बजारमा नयाँ आयाम थप्दै जाने प्रतिबद्धता जनाएको छ।


