काठमाडौँ: सोमबार सर्वोच्च अदालतमा हाइप्रोफाइल नेताहरूको पेसी तोकिएको छ। यसदिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई पक्राउ गरेर अनुसन्धान गर्नदेखि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको कैद सजाय मिनाहा गर्ने सरकारको निर्णय बदर गरी थुनामा पठाउन माग रिटसम्मको पेसी तोकिएको हो।
जसमध्ये रामेछापका ज्ञानेन्द्रराज आरण, कल्याण बुढाथोकीसहित २४ जनाले नेकपाका संयोजक प्रचण्डलाई पक्राउ गरी अनुसन्धान गर्न माग गरिएको रिटको सुनुवाई सकिएको छ। उक्त रिट २०७९ फागुन २३ गते दर्ता भएको थियो। रिटमाथि न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनिल कुमार पोखरेलको इजलासमा सुनुवाई सकिएको हो।
यस्तै टीकापुर घटनाका मुख्य अभियुक्त नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको कैद सजाय मिनाहा गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटको सुनुवाई पनि सकिएको छ। उक्त रिटको सुनुवाई पनि न्यायाधीशद्वय शर्मा र पोखरेलकै इजलासमा भएको हो।
टीकापुर घटनामा मारिएका प्रहरी इन्स्पेक्टर केशव बोहराकी पत्नी शारदा कडायतले चौधरीलाई आममाफी दिने तत्कालिन सरकारको निर्णयविरुद्ध रिट दायर गरेकी थिइन्।


