काठमाडौँः प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समिति अध्यक्षमा सम्झना अर्याल नियुक्त भएकी छन्। कम्पनीको पुस १३ गते बसेको सञ्चालक समिति बैठकले उनलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।
यसअघि अध्यक्ष रहेकी शिक्षा भट्टचनले राजीनामा दिएपछि उक्त पद रिक्त रहेको थियो। रिक्त पदमा सञ्चालक समितिको निर्णयअनुसार अर्याललाई अध्यक्षको जिम्मेवारी दिइएको कम्पनीले जनाएको छ।
त्यसैगरी, कम्पनीको सञ्चालक समिति सदस्य पदमा संस्थापक शेयरधनीको प्रतिनिधित्व हुने गरी छनबहादुर भट्टचन नियुक्त भएका छन्। उनी संस्थापक शेयरधनी क्लाउड मण्डपको तर्फबाट सञ्चालकमा नियुक्त भएका हुन्।


