२०८३ कार्तिक २४ गते सोमबार

तीन कोषको क्षेत्र फराकिलो बनाउन प्राइभेट इक्विटी र भेन्चरमा लगानी गर्न बाटो खुल्दै

 |  सीता बुढाथोकी
Sanket

सीता बुढाथोकी

काठमाडौँ, पुस २२
New Project (57)

काठमाडौं। सरकारले गैरवित्तीय संस्था सामाजिक सुरक्षा कोष, कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई प्राइभेट इक्विटी र भेन्चर क्यापिटलमा लगानीको बाटो खुलाउन लागेको छ। यसका लागि कानुन संशोधन गर्ने तयारी पाँच महिनादेखि भइरहेको छ। लगानीका लागि पर्याप्त विकल्प नभएको अवस्थामा पुँजी बजारमा लगानी बढाउन सरकारले यस्तो व्यवस्था गर्न लागेको हो।

बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेप र ऋणपत्रमा पर्याप्त लगानी विकल्प नहुँदा र ब्याजदर घट्दै गएपछि संस्थागत लगानीकर्ताहरूको लगानी संरचना परिवर्तन गर्नुपर्ने अवस्था आएको छ। यसैकारण सरकारले यी कोषका लागि लगानीका विकल्प विस्तार गर्ने कदम चालिरहेको अर्थ मन्त्रालयले जनाएको छ।

अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेका अनुसार तीनवटै कोषले पठाएको मस्यौदा अहिले मन्त्रालयमा छलफल भईरहेको छ। उनले भने, “अहिले कानुन शाखामा आवश्यक संशोधनको काम भइरहेको छ। अर्को संसद बन्दासम्म यसलाई तयार पार्न सकिन्छ। निर्वाचनपछि आउने नयाँ संसदबाट विधेयक पारित भएर कोषले प्राइभेट इक्विटी र भेन्चर क्यापिटलमा लगानी गर्न पाउनेछन्।”

तीन वटै कोषले पठाएको मस्यौदा कानुन संशोधनका लागि तयार पारिएको हो। जसमा संस्थागत कोषले लगानी क्षेत्र विस्तार गर्न सक्ने व्यवस्था समावेश छ। यस मस्यौदालाई मन्त्रिपरिषद्मा पेश गरी स्वीकृति पाएपछि मात्रै संसदमा प्रस्तुत गर्न सकिने छ।

तर, हाल जेन्जी आन्दोलनपछि संसद विघटन भएको र अहिले अन्तरिम सरकारले राज्य चलाइरहेकोले कानुनी प्रक्रिया केही समयसम्म स्थगित भएको छ।

सरकारले आर्थिक वर्ष २०७९/०८० को बजेटमार्फत नै सामाजिक सुरक्षा कोष, कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको रकम उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने कानुनी प्रवन्ध मिलाउने भनेको थियो।

चालू आर्थिक वर्षको बजेटमा पनि यी कोषलाई प्राइभेट इक्विटी र भेन्चर क्यापिटलमा लगानी गर्ने व्यवस्था उल्लेख गरिएको छ। हालसम्म यी कोषले स्वतः निर्णय गरेर लगानी गर्न पाउँदैनन्, कानुनअनुसार मात्र लगानी गर्न सकिन्छ।

तरलताको बाढीले बैंकिङ क्षेत्र आक्रान्त: निक्षेप लिन बैंकको अस्वीकार, प्रतिफल गुम्ने डरमा संस्थागत लगानीकर्ता

तर, बैंकमा तरलता बढ्दा ब्याजदर घटेको र बैंकहरूले मुद्दती निक्षेप लिन आनाकानी गर्न थालेकोले कोषहरूलाई आफ्नो लगानी संरचना विविधिकरण गर्न बाध्य बनाएको छ। बैंकमा अधिक तरलता भएपछि मुद्धती निक्षेपको ब्याजदर तल्लो विन्दुमा आइपुगेको छ।

अहिले तीन वटै कोषले प्रायः बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेप, सरकारी ऋणपत्र र डिबेञ्चरमा मात्र लगानी गर्दै आएका छन्। यसका साथै योगदानकर्तालाई विभिन्न कर्जा दिन पाउने व्यवस्था पनि कोष ऐनमा उल्लेख छ।

कर्मचारी सञ्चय कोषका प्रवक्ता दामोदर भण्डारीले भने, “हाल संसद नभएका कारण ऐन संशोधनमा ढिलाइ भइरहेको छ। तर बैंकमा तरलता प्रशस्त छ र ब्याजदर घट्दै गएको छ। यस्तो अवस्थामा हामी मुद्दती निक्षेपमा मात्र पैसा राख्न बाध्य छौं। प्राइभेट इक्विटी र भेन्चर क्यापिटलमा लगानी गर्न कानुनले अनुमति नदिँदा लगानीका विकल्प सीमित छन्। त्यसैले कोषले पठाएको मस्यौदा संसदबाट पारित हुन जरुरी छ।”

बैंकको तरलता बढेसँगै कोषहरूले सरकारी ट्रेजरी बिल, ऋणपत्र र सेयर बजारमा लगानी विस्तार गरेका छन्। तर, लगानी विकल्पको विविधिकरण नहुँदा जोखिम नियन्त्रणमा चुनौती देखिएको छ।

विशेषज्ञहरूले संस्थागत कोषले प्राइभेट इक्विटी र भेन्चर क्यापिटलमा लगानी गर्न पाउँदा केवल लगानीका क्षेत्र फराकिलो मात्र नभएर दीर्घकालीन उत्पादनमूलक परियोजनामा समेत पुँजी प्रवाह बढ्ने बताएका छन्।

विशेषज्ञहरूले आर्थिक विकासका लागि संस्थागत कोषको भूमिका महत्वपूर्ण रहेको बताउँछन्। हालको कानुनी संरचना सीमित हुँदा कोषले आफ्ना योगदानकर्तालाई उच्च प्रतिफल दिने उद्देश्य पूरा गर्न सकिरहेका छैनन्। प्राइभेट इक्विटी र भेन्चर क्यापिटलमा लगानी खुल्दै गएपछि स्टार्टअप तथा दीर्घकालीन उद्योगमा पुँजी प्रवाह बढ्ने अपेक्षा गरिएको छ।

यसका साथै कोषहरूले बैंकमा रहेको उच्च तरलतालाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने अवसर प्राप्त गर्दा मुलुकको आर्थिक वृद्धि र रोजगार सिर्जना पनि सकारात्मक असर पर्ने विश्लेषकहरूको भनाइ छ। कानुन संशोधन भएपछि सामाजिक सुरक्षा कोष, सञ्चय कोष र नागरिक लगानी कोषले दीर्घकालीन, उच्च जोखिम र उच्च प्रतिफल दिने लगानीमा कदम चाल्न सक्ने वातावरण तयार हुनेछ।

अर्थ मन्त्रालयका अधिकारीहरूका अनुसार संसद बन्दासम्म कानुन शाखाले मस्यौदा तयार पारिसक्ने अपेक्षा गरिएको छ। त्यसपछि मात्र विधेयक संसदमा पेश भएर पारित हुनेछ र कोषले प्राइभेट इक्विटी र भेन्चर क्यापिटलमा लगानी गर्न सक्षम हुनेछन्।

प्रकाशित: २०८२ पुस २२ गते मङ्गलबार ०६:५३
प्रतिक्रिया

थप समाचार

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ: स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। आज प्रतितोला सुन रु एक हजार ३०० र चाँदीको मूल्य प्रतितोला रु ४५ ले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला...

तिहारमा पैसाको व्यवस्थापन कसरी गर्ने? आम्दानी र खर्च सन्तुलित राख्ने ७ उपाय

विशेषगरी निश्चित आम्दानी भएका कर्मचारी, व्यवसायी, विद्यार्थी तथा गृहिणीले चाडपर्वको समयमा आर्थिक व्यवस्थापनमा ध्यान दिनु आवश्यक हुन्छ।

ग्लोबल आइएमई बैंकले १२ तले अत्याधुनिक कर्पोरेट भवन बनाउँदै, भूमिपूजा सम्पन्न

ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौँको उत्तरढोकामा आफ्नो अत्याधुनिक कर्पोरेट भवन निर्माणको काम अघि बढाएको छ। शुक्रबार निर्माणस्थलमा आयोजित एक समारोहबीच बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद...

एनपीएलमा उत्कृष्ट खेलाडीलाई पल्सर बाइक, दर्शकलाई स्मार्टवाच जित्ने अवसर

 काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ मा बजाज पल्सरले खेलाडीको उत्कृष्ट प्रदर्शनलाई पुरस्कृत गर्नुका साथै दर्शकलाई पनि प्रतियोगिताको हिस्सा बन्ने अवसर प्रदान गर्ने भएको छ। मोटरसाइकल...

नेपालमा आउँदै ‘हसल बाई नेपहप’, टीभीएस एनटर्क टाइटल स्पोन्सर

भारतीय चर्चित र्‍याप रियालिटी शो ‘एमटीभी हसल’ को नेपाली संस्करण ‘हसल बाई नेपहप’ नेपालमा सञ्चालन हुने भएको छ। मलिन मिडिया एन्ड इभेन्ट प्रालिले ल्याउन लागेको कार्यक्रमको टाइटल स्पोन्सरमा टीभीएस...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना