काठमाडौं। होटल फरेस्ट इन लिमिटेडले आउँदो माघ ४ गतेदेखि पहिलो चरणमा साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ४ लाख कित्ता शेयर निष्कासन गर्न लागेको हो।
यस आईपीओमा माघ ८ गतेसम्म आवेदन दिन सकिनेछ। आवेदन गर्दा न्यूनतम १० कित्ता र अधिकतम २ लाख कित्तासम्मका लागि आवेदन दिन पाइने व्यवस्था गरिएको छ। शेयर निष्कासनका लागि एनआईसी एशिया क्यापिटल बिक्री प्रबन्धक रहेको छ। पहिलो चरणपछि कम्पनीले सर्वसाधारणका लागि पनि आईपीओ निष्कासन गर्ने जनाएको छ।
नेपाल धितोपत्र बोर्डले पुस २० गते कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको हो। कम्पनीले कुल ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता शेयर निष्कासन गर्नेछ।


