काठमाडौँ: माछापुच्छ्रे बैंक लिमिटेडले स्वरोजगार तथा साना–मझौला एकल स्वामित्वका व्यवसायलाई लक्षित गर्दै एमबीएल स्मार्ट लोन सेवा क्युआर व्यापारीसम्म विस्तार गरेको छ।
विभिन्न नेटवर्कमा आबद्ध क्युआर मर्चेन्टहरूको वित्तीय आवश्यकतालाई ध्यानमा राख्दै बैंकले क्युआर मर्चेन्ट एमबीएल स्मार्ट लोन सेवा सुरु गरेको हो।
डिजिटल बैंकिङ क्षेत्रमा नवीनतम प्रविधि अपनाउँदै आइरहेको बैंकले यस सेवामार्फत स्वरोजगार तथा साना–मझौला एकल स्वामित्वका व्यवसायीलाई बिना धितो, सहज र सरल रूपमा कर्जा सुविधा उपलब्ध गराउने जनाएको छ। ग्राहकले एमबीएल–ए–स्मार्ट एप मार्फत नै कर्जाका लागि आवेदन दिन सक्नेछन् भने डिजिटल माध्यमबाटै कर्जा स्वीकृति हुने व्यवस्था गरिएको छ।
बैंकका अनुसार यस प्रक्रियाले समयको बचत गर्नुका साथै सेवा प्राप्तिलाई अझ सहज, छरितो र पारदर्शी बनाउने विश्वास लिइएको छ।







