काठमाडौँ: नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा दुई हजार ८०० रुपैयाँ बढेको छ। शुक्रबार छापावाल सुन प्रतितोला दुई लाख ६७ हजार ८०० रुपैयाँमा किनबेच भएकोमा यसदिन एक तोलाको दुई लाख ७० हजार ६०० रुपैयाँ कायम भएको छ।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। यसदिन चाँदीको मूल्य तोलामा २१० रुपैयाँ बढेर प्रतितोला चार हजार ९९० रुपैयाँमा किनबेच भैरहेको छ। यो चाँदीको हालसम्मकै सर्वाधिक महँगो मूल्य हो। यसअघि बुधबार चाँदीको मूल्य सबैभन्दा बढी चार हजार ९३५ रुपैयाँ कायम भएको थियो।
शुक्रबार चाँदी तोलामा चार हजार ७८० रुपैयाँ रहेको थियो।


