काठमाडौँः नबिल बैंकको अध्यक्षमा निर्वाण कुमार चौधरी चयन भएका छन्। बैंकको ६९९औँ सञ्चालक समिति बैठकले उनलाई अध्यक्षमा चयन गरेको हो। नेपाल राष्ट्र बैंकबाट शपथ ग्रहण गरेपछि चौधरीले अध्यक्षको कार्यभार सम्हाल्नेछन्।
निवर्तमान अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले दुई कार्यकाल पूरा गरेपछि अध्यक्ष पद रिक्त भएको थियो। यस रिक्त पदमा चौधरी नियुक्त भएका हुन्।
बैंकको ४१औँ वार्षिक साधारण सभाले संस्थापक सेयरधनीतर्फबाट अनिल केशरी शाहलाई सञ्चालक समितिको सदस्यमा निर्विरोध निर्वाचित गरेको छ। साधारण सभाले आर्थिक वर्ष २०८१र८२ को मुनाफाबाट १२।५० प्रतिशत नगद लाभांश पारित गरेको छ।


