काठमाडौँः कुमारी बैंक लिमिटेडको २५औँ वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ। साधारणसभाले आर्थिक वर्ष २०८१र८२ का लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहित असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाबलगायत सम्पूर्ण वित्तीय विवरण सर्वसम्मत रूपमा पारित गरेको छ।
२४ वर्षदेखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले हाल देशभर ३०२ शाखा, ३१६ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ४८ शाखारहित बैंकिङ इकाईमार्फत ग्राहकलाई आधुनिक र प्रभावकारी सेवा दिँदै आएको छ। बैंकले आगामी दिनमा पनि सेवा अझ सरल, सुलभ र उत्कृष्ट बनाउँदै सहकार्य विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।


