२०८३ कार्तिक १४ गते शुक्रबार

फेस अफ एसवाईको विजेता बनिन् आचार्य, एक करोडको वार्षिक कन्ट्र्क्याटसहित जितिन् ५ लाख नगद

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ ४
4494da94-8e9d-4187-bc65-c47446ba1f7d

काठमाडौँ:  एसवाई इन्टरटेन्मेन्ट प्रालिको आयोजनामा सम्पन्न ‘फेस अफ एसवाई–२०८२ (ब्राण्ड एम्बेसडर हन्ट)’ प्रतियोगिताको मलैसा आचार्य विजेता बनेकी छिन्। राजधानीमा आयोजना भई शुक्रबार सम्पन्न फाइनल कार्यक्रममा विभिन्न चरण पार गर्दै उत्कृष्ट प्रस्तुति दिएकी आचार्य प्रतियोगिताको विजेता भएकी हुन्।

देशका विभिन्न जिल्लाबाट छनोट भएर आएका प्रतिस्पर्धीहरूबीच कडा प्रतिस्पर्धा देखिएको फाइनल चरणमा निर्णायकहरूले व्यक्तित्व, आत्मविश्वास, प्रस्तुति, सामाजिक सोच र समग्र प्रभावका आधारमा मूल्यांकन गरी विजेता घोषित गरिएको थिए। निर्णायक मण्डलको सर्वसम्मत निर्णयअनुसार आचार्यले सबै सूचकमा उत्कृष्ट अंक हासिल गर्दै उपाधि हात पार्न सफल भएको आयोजक टिमले बताएको छ।

साथै, यो ग्रान्ड फिनालेमा आयोजक टिमले विजेताहरूलाई दुई करोड रुपैयाँभन्दा बढी पुरस्कार वितरण गरेको छ। कार्यक्रममा मुख्य तीन जना ब्राण्ड एम्बेसडर चयन गरिएको थियो। टाइटल विनर मलैसा आचार्यलाई पाँच लाख नगद पुरस्कारका साथै एक करोड रुपैयाँ बराबरको एक वर्षको कन्ट्र्याक्ट प्रदान गरिएको छ।

फष्ट रनर अप सारा लामा र सेकेण्ड रनर अप अपि योन्जन चयन भएका छन्। उनीहरूलाई क्रमशः चार लाख र तीन लाख नगद पुरस्कारसहित ५० लाख र ३० लाख बराबरको कन्ट्र्याक्ट दिइने बताइएको छ।

बाँकी उत्कृष्ट सात जनालाई पपुल्यारिटी अवार्डका रूपमा प्रति व्यक्ति डेढ लाख रुपैयाँ दिइएको छ। कार्यक्रममा आयोजक, एसवाई प्यानल नेपालका निर्देशक विमलराज गोसाईंले यस प्रतियोगिताको पुरस्कार नेपालकै मिस नेपाल प्रतियोगिताभन्दा बढी रहेको बताए।

‘युवायुवतीलाई केवल मोडलिङ वा ग्ल्यामर क्षेत्रमा मात्र सीमित नराखी नेतृत्व विकास, सार्वजनिक बोल्ने क्षमता र सामाजिक सचेतनामा समेत अघि बढाउनु उद्देश्य राखी यो कार्यक्रमको आयोजना गरेको हौं, यसले प्रतिस्पर्धीलाई पक्कै पनि नयाँ अनुभव दियो भन्ने हाम्रो विश्वास हो, नेपालकै ठूलो पुरस्कार राखेर आयोजना भएको यस्ता कार्यक्रम आगामी दिनमा पनि हुनेछन्,’ उनले भने।

एसवाई प्यानल, एसवाई कष्मेटिक, एसवाई बजार र एसवाई युपिभिसीको ब्राण्ड प्रचारका लागि आयोजना गरिएको प्रतियोगिता नेपालकै पहिलो ठूलो ब्राण्ड एम्बेसडर हन्ट हो। जुन १, २०२५ देखि चरणबद्ध सञ्चालन गरिएको यो प्रतियोगितामा एसवाई बजार र एसवाई कष्मेटिकको फेसबुक, इन्स्टाग्राम तथा टिकटकलाई फलो गरी एसवाई थिममा क्रियटिभ भिडियो तयार गरेर डिजिटल अडिसनमा भाग लिन पाउने व्यवस्था थियो।

डिजिटल अडिसनबाट छनोट भएका उत्कृष्ट ५०० जनालाई दोस्रो चरणमा अघि बढाइएको आयोजक टिमले जानकारी दिएको छ। दोस्रो चरणपछि उत्कृष्ट २५ जनालाई फाइनल अडिसनमा सहभागी गराइ अन्तिम चरणमा सहभागीहरूको मूल्यांकन सोसियल नेटवर्किङ र जजबाट गरिएको बताइएको छ। फेस अफ एसवाईका विजेतालाई बधाई दिँदै निर्देशक गोसाईंले आगामी वर्ष यस्तो कार्यक्रम अझ परिष्कृत र व्यापक रूपमा आयोजना गरिने जानकारी दिएका छन्।

यस्तै,आयोजक एसवाई ग्रुप अफ कम्पनी दक्षिण कोरियामा आधारित मल्टिनेशनल कम्पनी हो। यस कम्पनी अन्तर्गत एसवाई प्यानल नेपाल, एसवाई बजार, एसवाई इन्टरप्राइजेज लगायतका कम्पनी नेपालमा सञ्चालित छन्।

प्रकाशित: २०८२ माघ ४ गते आईतबार ०४:०१
प्रतिक्रिया

थप समाचार

सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवमा हेटौँडा शाखाद्वारा रक्तदान कार्यक्रम

हेटौँडा: सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवका अवसरमा हेटौँडा शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। नेपाल रेडक्रस सोसाइटीको सहयोगमा आयोजित कार्यक्रममा ४२ जनाले रक्तदान गरेका...

कामना विकास बैंक २०औँ वर्षमा, ८ स्थानमा रक्तदान कार्यक्रम गर्ने

काठमाडौँ: कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका आठ स्थानमा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। बैंकका अनुसार कार्तिक १५ गते कोशी प्रदेशको विराटनगरमा र कार्तिक...

आईसीटी अवार्डका लागि चार विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनोट

आईसीटी अवार्ड २०२६ अन्तर्गत स्टार्टअप तथा इनोभेसनसम्बन्धी चार विधाका ५० सेमिफाइनलिस्ट सार्वजनिक भएका छन्। अवार्डको ११औँ संस्करणका लागि प्राप्त २३० भन्दा बढी आवेदनबाट दुई चरणको छनोट प्रक्रियामार्फत...

कच्चा तेलको मूल्य बढेर ब्यारेलको ११७ डलरमाथि, महँगी बढ्ने जोखिम

काठमाडौँः अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलर माथि पुगेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ब्यारेलको ११७.३ डलरमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ। पश्चिम...

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना