काठमाडौं। नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको नयाँ समर्थन बिक्री मूल्य तोकेको छ।
संघले काठमाडौं र बनेपामा सम्पन्न भौतिक बैठक तथा देशभरका अन्डा उत्पादक किसानहरूको सुझाव र सिफारिसका आधारमा आज सोमबारदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो।
चितवनलाई मुख्य आधार मानेर देशभरका लागि अन्डाको फार्म मूल्य तय गरिएको संघले जनाएको छ।
संघका अनुसार एक्सएल अन्डाको मूल्य प्रतिक्रेट ४८०, ठूलो अन्डाको ४६५ र मिडियम अन्डाको ४४५ रुपैयाँ निर्धारण गरिएको छ।
चितवनबाट अन्डा लोड गरी देशका विभिन्न भागमा रहेका बिक्री डिपोहरूमा पुर्याउँदा लाग्ने ढुवानी भाडा, कार्टुन र क्रेट खर्चबापत प्रतिपेटी १३० रुपैयाँ अतिरिक्त शुल्क लाग्ने संघले जानकारी दिएको छ।


