काठमाडौँ: बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ।
बुधबार दुई लाख ९५ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको सुन यसदिन तोलामा दुई हजा ९०० रुपैयाँ घटेको हो। आज सुन प्रतितोला दुई लाख ९२ हजार २०० रुपैयाँ कायम भएको छ।
बुधबार सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको थियो।
यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। चाँदीको मूल्य तोलामा ५० रुपैयाँ घटेर प्रतितोला ५ हजार ८७० रुपैयाँ कायम भएको छ।
यसदिन अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ६९५ र र चाँदी ९५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
