काठमाडौँ: नेपाली कांग्रेसको केन्द्रीय केन्द्रीय समितिको बैठक पार्टी कार्यालयमा सुरु भएको छ। नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सभापतिमा गगन थापा निर्वाचित भएपछि पार्टी कार्यालयमा पहिलोपटक केन्द्रीय समितिको बैठक बसेको हो।
सभापति थापाले आजै पार्टी कार्यालय पुगेर पदबहाली गरेका छन्। पदबहालीपछि थापाले माइन्युटमा कांग्रेस बदलेको र अब देश बदल्ने लेखेका छन्। उनले लेखेका छन्, ‘बदल्यौँ कांग्रेस, बदल्छौंँ देश– यही संकल्पका साथ नयाँ यात्रा प्रारम्भ गर्दैछौँ हामी। हाम्रो केवल एक ध्येय छ– देशको समुन्नति।’
थापा सभापति भएपछि पहिलोपटक पार्टी कार्यालय पुगेका हुन्। बैठकमा सभापति थापासहित केन्द्रीय पदाधिकारीहरू, केन्द्रीय सदस्य र प्रदेश सभापतिहरू उपस्थित छन्।
आजको बैठकको एजेन्डा सभापति थापालाई आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रधानमन्त्रीको उम्मेदवारका रूपमा घोषणा गर्ने रहेको छ।


