काठमाडौं।नेपाली कांग्रेसले सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएको छ। शुक्रबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले सभापति थापालाई उम्मेदवार बनाएर चुनावमा जाने प्रस्ताव पारित गरेको हो।
उपसभापति विश्वप्रकाश शर्माले पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने प्रस्तावलाई सर्वसम्मत रुपमा पारित गरेको छ। केन्द्रीय कार्यसमितिले थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएको जानकारी दिए।
उनले विभिन्न बुँदामा सबैभन्दा उपयुक्त उम्मेदवार गगन नै किन? भनेर समेत बैठकमा बुँदागत रुपमा पेश गरेका थिए। मुलुकको विशिष्ट परिस्थितिको मागलाई सहि ढंगले सम्बोधन गर्ने जमर्कोको रुपमा लिन कांग्रेसले आग्रह गरेको छ।
उपसभापति शर्माले गगनले परिवर्तित समय र स्वरलाई ‘डाइनामिक ढंगले’ नेतृत्व गर्नसक्ने विश्वास समेत व्यक्त गरेको जानकारी गराएका छन्।
‘जुझारु बिद्रोही छवि मात्रै होइन, प्रतिकुल समयमा संयम राखेर विषयवस्तुलाई परिपक्व ढंगले हल गर्नसक्ने क्षमता पनि छ गगन थापासँग,’ विश्वप्रकाशले भनेका छन्, ‘उत्तेजना र आवेगको राजनीति न त सुसंस्कृत हो न दिर्घजिवी ।’ संयम भाव र सौम्य प्रवृत्तिलाई अघि लगाउनुपर्ने सामर्थथ्य गगन थापासँग रहेको पनि उनको भनाइ छ।
‘यो समग्र अठोटको बलियो कमान्ड प्रधानमन्त्रीका रुपमा हाम्रो सभापतिबाट हुनसक्छ भन्नेमा हामी दृढ ढंगले प्रष्ट छौं,’ शर्माले बैठकका निर्णय सुनाउँदै भने।
कार्यसमिति बैठकमा उपसभापति विश्वप्रकाश शर्माले उक्त प्रस्ताव राखेका थिए। उनले सभापति थापालाई प्रधानमन्त्री घोषणा गरेर चुनावमा जानुपर्नेमा सात वटा कारण समेत प्रस्तुत गरेका थिए।
उनले यसलाई विशिष्ट परिस्थितिको माग भनेका छन्। सामान्यतया निर्वाचनपछि मात्रै प्रधानमन्त्री पदका लागि व्यक्ति अघिसार्ने प्रचलन रहि आएको हो तर नेपाली काँग्रेसले चुनाव अभियान क्रममै आफ्नो उम्मेदवार प्रस्तुतगर्ने तयारी गर्नुको अर्थ मुलुकको विशिष्ट परिस्थितिको मागलाई सहि ढंगले सम्बोधन गर्ने जमर्को हो,उनले भनेका छन्।
उनले प्रधानमन्त्रीको उम्मेदवार घोषणापछि मतदातालाई भोलिको अन्योलताबाट मुक्ति मिल्ने बताएका छन्।
प्रधानमन्त्रीको उम्मेदवार घोषणापछि मतदातालाई एकातर्फ भोलिको अन्यौलबाट आजै मुक्ति मिल्ने अर्कातर्फ जेनजी आन्दोलनपछिको परिवर्तनलाई आत्मसात उनीहरुको मुद्दालाई स्वामित्व लिएर मुलुकमा सुशासन स्थापित गर्ने संकल्प र योजना पार्टीको विशेष महाधिवेशनबाट लिएको बताएका छन्।
सभापति थापा सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट उम्मेदवार भएका छन्।


