काठमाडौं। नेपाली बजारमा आइतबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा २ हजार ४ सय रुपैयाँ बढेर ३ लाख ३ हजार ८ सय रुपैयाँ कायम भएको छ।
अघिल्लो कारोबार दिन शुक्रबार छापावाल सुन तोलामा ३ लाख एक हजार ४ सय रुपैयाँ कायम भएको थियो।
यस्तै, आइतबार चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ। शुक्रबार तोलामा ६ हजार १९० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर ६ हजार ४८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
ध्चष्तभ तय ल्भउबअिष्अिपक लभधक


