काठमाडौँ: नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको विन्टर अफर उपलब्ध गराएको छ। यसअघि नै उपलब्ध अटम अफरअन्तर्गतका विभिन्न प्याकेजहरुलाई सेवाग्राहीले निकै नै रुचाएको पाइएको भन्दै कम्पनीले तिनै सेवालाई निरन्तरता दिइएको छ।
पहिलेदेखि नै उपलब्ध एनटी–एनटी भ्वाइस प्याक, अल नेट भ्वाइस प्याक, अनलिमिटेड भ्वाइस प्याक, विभिन्न प्रकारका डाटा प्याक र अनलिमिटेड प्याकेज, कम्बो प्याक, सजिलो अनलिमिटेड प्याक, इयर्ली अनलिमिटेड प्याक, रेन्टल सहितको पोस्टपेड प्याकेज, सोसल मिडिया प्याक लगायतका प्याकेजहरु यथावत उपलब्ध छन्।
नेपाल टेलिकमको एड अन प्याक, सीयूजी प्याकेज, फरक क्षमता भएका व्यक्तिहरुका लागि प्याकेज तथा नमस्ते वाइफाई प्रयोगकर्ताहरुका लागि उपलब्ध बन्डल प्याकेज लगायतका प्याकेजहरु समेत उपलब्ध छन्। त्यसैगरी एफटीटीएच अन्तर्गतका प्याकेजहरु पनि यथावत राखिएका छन्।
नेपाल टेलिकमले हाल पोस्टपेड मोबाइलमा उपलब्ध गराइरहेको सजिलो अनलिमिटेड प्याकेजलाई रिकरिङ प्याकेजको रुपमा निरन्तरता दिइएको छ। यस अनुसार सजिलो अनलिमिटेड प्याकेज प्रयोगकर्ताहरुले प्रत्येक महिना यसलाई नवीकरण गर्नुपर्ने झन्झट हुनेछैन र सो प्याकेज स्वतः नवीकरण हुनेछ।
विन्टर अफर अन्तर्गतका विभिन्न प्याकेज माघ ११ गतेदेखि आगामी ९० दिनसम्म उपलब्ध हुनेछन्।


