२०८३ कार्तिक ११ गते मङ्गलबार

निजी क्षेत्रले बनाउँदैछ देशमै पहिलो क्रिकेट रंगशाला

 |  विनय ज्योति सापकोटा
Sanket

विनय ज्योति सापकोटा

भैरहवा, जेठ २९
cricket rangasala in bhairawaha

भैरहवा- रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिकाको पिछडिएको क्षेत्रमा पर्छ वडा नम्बर १७। यही वडामा आगामी पाँच वर्षभित्र २५ हजार दर्शक क्षमताको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बन्ने भएको छ। अस्ट्रेलियामा रहेको एक्स्ट्राटेक ओभल कम्पनीले रंगशाला निर्माणका लागि मंगलबार शिलान्यास गरेको हो।

सरकारले देशका विभिन्न स्थानमा क्रिकेट रंगशाला बनाउने घोषणा गरेको छ। तर उसले घोषणा गरेको लामो समय भइसक्दा पनि रंगशाला बन्न सकेका छैनन्।

‘काठमाडौँको मूलपानी रंगशालामा बजेट विनियोजन हुन थालेको १७ वर्ष भयो। तर अहिलेसम्म पनि निर्माणको काम सकिएको छैन,’ नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य प्रशान्त विक्रम मल्लले शिलान्यास कार्यक्रममा भने, ‘हामीले पनि भैरहवामा सिद्धार्थ रंगशाला बनाउने भनेको हो। तर बजेट नै पर्दैन। यो वर्ष त बजेट नै नदिने तयारी थियो। हामीले टेबल ठोकेर ४१ लाख पारेका छौँ।’

देशका क्रिकेट मैदानको अवस्था उस्तै छ। त्रिवि मैदानमा ‘फ्लड लाइट’ राख्ने योजना बजेटमा समावेश हुन थालेको तेस्रो वर्ष हुँदा पनि काम सुरु भएको छैन।

सरकारी मात्र होइन निजी स्तरको मैदान निर्माण पनि उस्तै छ। धुर्मुस-सुन्तली फाउन्डेसनले चितवनमा बनाउने भनेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान अलपत्र अवस्थामा छोडिएको छ। इटहरीको क्रिकेट रंगशालादेखि धनगढीको फाप्ला क्रिकेट मैदानसम्मका हालत उस्तै छ।

‘हामी बाँकी आयोजना जस्तो गर्दैनौँ। काम समयमै सम्पन्न गर्छौँ,’ शिलन्यास कार्यक्रममा कम्पनीका सीईओ विनोद कुँवरले भने, ‘मैले विदेशमा गएर समयको महत्त्व बुझेँ। त्यहाँ समयमा नै काम सम्पन्न हुन्छ। हामीले पनि यो काम आयोजना समयमा सम्पन्न गर्ने छौं।’

रुपन्देहीको भैरहवाबाट करिब ९ किलोमिटर पूर्वमा रहेको यो गाउँलाई स्थानीयले पूवी दरखसवा भनेर चिन्छन्। सोही ठाउँमा कुँवरले दुई वर्षअघि जमिन किनेका थिए। उनका अनुसार जमिन खरिदको प्रक्रिया अझै जारी छ।

‘यो गाउँ र १७ नम्बर वडा यो नगरपालिकाकै दुर्गम ठाउँका रुपमा चिनिएको थियो। तर अब त्यस्तो रहेन। यहाँ रंगशाला बनेपछि देशविदेशका मानिस आउने छन,’ तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वरदेवी चौधरीले भनिन, ‘यहाँ पनि बस्ती ठूलो बन्नेछ। मैले यो रंगशालामा महिला टिमको प्रतियोगिता आयोजना गर्ने विचार गरेकी छु।’ चौधरीले यो रंगशाला चाँडै बन्नेमा आफू विश्वस्त रहेको पनि बताइन्।

कुँवरका अनुसार यो वर्ष नै ५ हजार दर्शक क्षमताको भीआईपी प्यारापिटसहितको मैदान तयार हुनेछ। रंगशाला बनाउने काम दुई सातायता जारी छ। अहिले कपिलवस्तु र तनहुँबाट ५५ ट्रक माटो ल्याएर मैदानमा सम्याउने काम भइसकेको छ।

‘यसको मैदानको लागि ७० प्रतिशत ‘क्ले’ भएको माटो चाहिन्छ। विशेष माटो चाहिने भएकाले टाढा बाट ल्याउनु परेको हो,’ दुaईमा १७ वर्ष क्युरेटरको काम गरेर फर्किएका माधव पाठकले नेपाल क्लिक्ससँग भने। उनले यो मैदानमा पनि अहिले क्युरेटरको जिम्मेवारी सम्हालेका छन्।

बर्सेनि ५ हजार क्षमता थप गर्दै २५ हजार क्षमताको बनाउने एक्स्ट्राटेक ओभलको चिफ अपरेटिङ अफिसर सुदीक्षा गौतमले योजना सुनाइन्। मैदानको लागि पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर शक्ति गौचन ब्रान्ड एम्बासडर तोकिएका छन्। आफ्नो क्षेत्रमा मैदान बन्ने भएपछि आफूले क्रिकेट सिकाइरहेका खेलाडीलाई सजिलो हुने उनले बताए।

‘मैले पनि मैदान बनाउने भनेर सोचेको हो। तर कुरा बजेटकै हुँदो रहेछ। तर यो मैदान बन्यो भने यहाँको बालबालिकालाई ठूलो सहयोग हुन्छ,’ उनले भने, ‘म यो प्रोजक्टबाट धेरै खुसी छु। यो मेरो सपना थियो।’

प्रकाशित: २०८० जेठ २९ गते सोमबार ११:०६
Sanket

विनय ज्योति सापकोटा

सापकोटा खेलकुद, कला र विज्ञान/प्रविधिमा रुचि राख्छन्।
प्रतिक्रिया

थप समाचार

अपराजित थाइल्यान्डलाई हराउँदै पहिलो जितको खोजीमा नेपाल

काठमाडौँ - त्रिदेशीय महिला टी-२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलामा आज मंगलबार नेपालले शीर्षस्थानमा रहेको थाइल्याण्डको सामना गर्दैछ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो...

तिलक वर्माले नटआउट ७२ रन बनाएपछि भारतसँग इंग्ल्याण्ड फेरि पराजित

काठमाडौँ - तिलक वर्माले नटआउट ७२ रन बनाएपछि भारतले इंग्ल्याइण्डविरुद्ध पाँच खेलको टी-२० श्रृंखलाअन्तर्गत दोस्रो खेलमा पनि जित निकालेको छ। हिजो राति भएको खेलमा भारतले इंग्ल्याण्डलाई २ विकेटले...

भिड्दै भारत र इंग्ल्याण्डबीच दोस्रो खेलः रिंकु आउट, दुवे र रमनदीप समावेश

एजेन्सी - भारत र इंग्ल्याण्डबीचको ५ वटा टी–२० म्याचको सिरिजको दोस्रो खेल आज चेन्नईको एमए चिदम्बरम स्टेडियममा हुँदैछ। यो खेल भारतीय समयअनुसार साँझ ७ बजे सुरु हुनेछ। टस साँझ ६ः३० बजे हुनेछ। सिरिजको...

पाँच वटा पिचसहित क्रिकेट मैदान निर्माण हुँदै

मनहरी (हेटौँडा) - यहाँको हेटौँडा उपमहानगरपालिका–६ स्थित गौरिटार रङ्गशालाभित्र रु ११ करोड ७४ लाखमा ड्रेनसहितको क्रिकेट मैदान निर्माण भइरहेको छ । अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानमा छ हजार...

१७ वर्षीय आयुषले ११७ बलमा १८१ रन बनाउँदै बनाए विश्व कीर्तिमान

एजेन्सी - मुम्बईका १७ वर्षीय क्रिकेटर आयुष म्हात्रेले मंगलबार नागाल्याण्डविरुद्धको विजय हजारे ट्रफीको खेलमा ११७ बलमा १८१ रनको उत्कृष्ट इनिङ खेल्दै विश्व रेकर्ड बनाएका छन्। उनले लिस्ट ए क्रिकेटमा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना