२०८३ कार्तिक २४ गते सोमबार

साझा पुरस्कार प्राप्त विजय मल्लकृत कृतिको शीर्ष कथा: एक बाटो, अनेक मोड

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ १७
bijaya_mall

तिमीसित यहाँ भेट होला भन्ने मलाई आशा थिएन। तर भेट भयो।

कहिले आयौ? ए, हिजो मात्रै?

बाँच्ने, जीवन बिताउने तरिका, पद्धतिलाई पो दर्शन भनिन्छ। मर्नलाई केको दर्शन चाहियो? नमरूँ भने पनि मरिन्छ, क्यारे। फेरि त्यसलाई केको दर्शन चाहियो? वास्तवमा यो हो कि मार्नलाई दर्शन चाहिन्छ, चाहे त्यो जीवहिंसा होस्, चाहे भावको, चाहे आदर्शको, चाहे आफ्नो आमहत्या। कसो.?

मौसम कस्तो थियो? राम्रो!

त्यसो भए हवाईजहाजमा कुनै गडबड, बम्पिङ त भएन? विराटनगरबाट आउँदाखेरि पहाडैपहाड, डाँडैडाँडा पर्छ; बादलैबादल आषाढको महिना, वर्षा अति भयानक हुन्छ। तिमीलाई डर लागेन?

डर, केलाई त, हैन? मृत्यु जो सधैं भइरहन्छ, जो अनिवार्य अवश्यम्भावी छ। त्योसँग फेरि केको डर?

फिलोसफी …? यो केको फिलोसफी, यो केको दर्शनशास्त्र?

बाँच्ने, जीवन बिताउने तरिका, पद्धतिलाई पो दर्शन भनिन्छ। मर्नलाई केको दर्शन चाहियो? नमरूँ भने पनि मरिन्छ, क्यारे। फेरि त्यसलाई केको दर्शन चाहियो? वास्तवमा यो हो कि मार्नलाई दर्शन चाहिन्छ, चाहे त्यो जीवहिंसा होस्, चाहे भावको, चाहे आदर्शको, चाहे आफ्नो आमहत्या। कसो.?

यतिका वर्षपछि भेटेकोमा यो के अन्टसन्ट बकिरहेको हुँला? तिमीलाई मन पर्छ? मैले बक्तै, फलाक्तै गइरहेको तिमीलाई मन पर्छ? ताज्जुब। त्यसो भए म जे बकूँ, तिम्रो आलोचना या निन्दा गरूँ, के त्यो पनि मन पर्छ? अहँ म पत्याउन्नँ। त्यस्तो सहनलाई बडेमानको छाती चाहिन्छ। सम्भव छ, त्यस्तो छाती तिम्रो होस्! छ? त्यसो भए बेस हो।

के रे बिर्सनु पनि श्रेयस्कर छ? हो त नि बिर्सन पनि लाभप्रद छ। त्यसले नयाँको निमित्त स्थान रिक्त गरिदिन्छ र नयाँको प्रवेश गर्ने मौका भेट्टाउँछ।

म निन्दा गरूँ त? निन्दा गरूँ! भो निन्दा र प्रशंसा दुवै गर्दिनँ। दुवै गर्नलाई हक चाहिन्छ, निकटता र हार्दिक सम्बन्धबाट उत्पन्न भएको हक। त्यो मसँग कहाँ छ र? हामी त दुवै अहिले यति अपरिचित छौं, छोएर पनि चिन्दैनौं, यसरी अगाडि बसेर पनि बुझ्दैनौं। हामी एकले अर्कोलाई बुझ्नै सक्तैनौं। तिमी भन्लाऊ, हामीहरू केटाकेटीदेखि एकले दोस्रोलाई चिन्छौं नि, कति सँगै बस्यौँ, कति गफ चुटयौं, केके गरेनौं। ठीक हो, त्यो सत्य हो। तर अहिले म त्यस बखतको जीवको प्रेत मात्र हुँ, तिमी त्यस बखतको जीवको प्रेतनी मात्र हो।

त्यसैले एकले दोस्रोलाई कसरी चिन्ने? के भन्यौ, म तिमीलाई चिन्न चाहन्नँ, तिम्रो अरूसँग बिहे भइसकेर छोराछोरी पाइसकेको हुनाले फेरि अरूसँग पोइल गएकी म चिन्न चाहन्नँ, यो के दोष लगाएको तिमीले मलाई? यी कारणहरू हुँदै होइनन्। यसमा सत्यता छैन। अहिले म यहाँ जे कुरा भन्न लागेको छु त्यो कुरा सुनेपछि तिमी झन् छक्क पर्छ्यौ, तिमीलाई चिन्न मैले कति कोशिश गरेको रहेछु, भेट्टाउन कतिको प्रयत्न गरेको रहेछ। तर कस्तो निराश! तिमी पनि पहिलेकी रूपकी प्रेतनी मात्रै। यसैले त म तिमीलाई चिन्दिनँ।

तिमीले मेरो कुरा बुझिनौ। साँच्चि भनूँ भने, म पनि स्पष्टसँग आफ्ना मनका भावहरूलाई यस्तै हो भनेर बुझ्दिनँ। कहिले त्यस भावसँग मिल्ने अर्थको शब्द पाउन्नँ, कहिले भावहरू यति खजमचिएका हुन्छन् कि शब्दले त्यसको वास्तविकतालाई भेट्टाउनै सक्तैन, म आफैं रन्थनिरहन्छु। कहिले त्यो भाव यही मात्र हो भनेर म ठम्याउनै सक्तिनँ। म अल्झिन्छु र मनपरी गर्न थाल्दछु जसले गर्दा सबको नोक्सान हुन्छ,! बरबादी हुन्छ।

प्रकाशित: २०८२ माघ १७ गते शनिवार १०:५३
प्रतिक्रिया

थप समाचार

महाकवि देवकोटाको कथा: ‘उनको मने’

खुकुरीले रेट्न थालेको मात्र थियो जुनुले उसको पाखुरा अकस्मात् समातेर रुँदै भनिन्, 'नकाट नि ! नकाट ! ! मेरो मनेलाई ।'

जोशीले ल्याए ‘बैसाखी’

काठमाडौँ: युवा साहित्यकार तथा पत्रकार यज्ञराज जोशीको पहिलो कृति बैसाखी सार्वजनिक भएको छ। शनिबार काठमाडैंमा आयोजित एक समारोहबीच त्रिभुवन विश्व विद्यालयका प्राध्यापक डा. महादेव अवस्थी, साहित्यकार...

गौतमको ‘फर्कनुछ देश’ र बस्नेतको ‘प्रवासी मनका भावनाहरू’ सार्वजनिक

काठमाडौँ: अमेरिकालाई कर्मथलो बनाउँदै आएका कवि गौतम सागरको कवितासंग्रह ‘फर्कनुछ देश’ र गीतकार मणिराज बस्नेतको गीतिसंग्रह ‘प्रवासी मनका भावनाहरू’ सार्वजनिक गरिएको छ। लेखकद्धयले शनिबार कोलोराडोस्थित...

‘बिसे नगर्चीको बयान’ प्रकाशनको १६ वर्षपछि मुकारुङको नयाँ कविता सङ्ग्रह बजारमा

काठमाडौँ: काव्यशिखर श्रवण मुकारुङको नयाँ कविता सङ्ग्रह 'आवाज नआइपुग्ने मेघको उज्यालो' सार्वजनिक भएको छ। 'बीसे नगर्चीको बयान' कविता सङ्ग्रह प्रकाशन भएको १६ वर्षपछि मुकारुङको नयाँ कविता सङ्ग्रह...

मौन आवाजको कविता सङ्ग्रह ‘बेनाम नदी बग्ने निर्जन जङ्गल’ सार्वजनिक

काठमाडौँ: समकालीन नेपाली कविता आकाशका सशक्त हस्ताक्षर कवि मौन आवाजको कविता सङ्ग्रह ‘बेनाम नदी बग्ने निर्जन जङ्गल’ सार्वजनिक भएको छ। आइतबार चन्द्रागिरि साहित्य समाजको आयोजनामा नेपाल प्रज्ञा–प्रतिष्ठानका...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना