काठमाडौं। नेपाल आयल निगम लिमिटेडले डिजेल र मट्टितेलको मूल्य बढाएको छ। निगम सञ्चालक समितिको शनिबारको बैठकले डिजेल र मट्टितेलको भाउ प्रतिलिटर तीन रुपैयाँले बढाएको छ।
बढेको नयाँ मूल्य आज मध्यरात १२ बजेदेखि लागू हुनेछ।
इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट आज प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोल ०.१२, डिजेल ४.६६ र एलपी ग्यासमा सिलिन्डर ४५.४९ रुपैयाँ बढेर आएको निगमले जनाएको छ।
हवाई इन्धनमा प्रतिलिटर १०८ रुपैयाँ घटेर आएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
निगमले पेट्रोल र खाना पकाउने एलपी ग्यासको मूल्य यथावत राखेको छ।
निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर एक रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रतिकिलोलिटर ७ डलर घटाएको जानकारी दिएको छ।


