काठमाडौँ: नेपाल धितोपत्र बोर्डले स्नो रिभर्स लिमिटेडलाई प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) का लागि स्वीकृति दिएको छ। बोर्डले मिति माघ १८ गते (आज) कम्पनीलाई उक्त स्वीकृति प्रदान गरेको हो।
स्वीकृतिअनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १८ लाख ५५ हजार कित्ता साधारण सेयर निष्कासन गर्नेछ।
आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा सानिमा क्यापिटल लिमिटेड नियुक्त गरिएको छ।


