काठमाडौँ: साताको दुई कारोबार दिनमै सुनको मूल्य तोलामा ३२ हजार २०० रुपैयाँले घटेको छ। आइतबार १८ हजार ८०० रुपैयाँले घटेको सुनको मूल्य सोमबार तोलामा १३ हजार ४०० रुपैयाँ घटेको छ। यससँगै आज बजारमा सुन तोलामा दुई लाख ८६ हजार ६०० रुपैयाँमा किनबेच भैरहेको छ।
यस्तै आज चाँदीको मूल्य पनि तोलामा ३०० रुपैयाँले घटेको छ। आइतबार प्रतितोला ५ हजार ५ सय रुपैयाँ कायम भएको चाँदीको मूल्य यसदिन ५ हजार २०० रुपैयाँमा झरेको छ।
अन्तर्राष्ट्रिय बजारमा सुनको बिक्री दबाब (सेलिङ प्रेसर) बढेपछि मूल्य घटेको हो। गएको शुक्रबार मात्रै अन्तर्राष्ट्रिय बजारमा पाँच सय टन सुन बिक्री भएपछि यसको असर अन्तर्राष्ट्रियसहित स्थानीय बजारमा परेको हो।


