काठमाडौँ: डिशहोम इन्टरनेटले ग्राहकलाई अझ सहज, छरितो र समयमै सेवा उपलब्ध गराउने उद्देश्यसहित ‘सर्भिस अन डोर–सोड’ अभियान सुरु गरेको छ।
बागमती प्रदेशअन्तर्गत थानकोट र चन्द्रागिरी क्षेत्रबाट १४ माघदेखि सुरु भएको यस अभियानमार्फत इन्टरनेट जडानदेखि प्राविधिक सहयोगसम्मका सबै सेवा ग्राहकको घरमै उपलब्ध गराइने कम्पनीले जनाएको छ।
ग्राहक–केन्द्रित यस अभियानअन्तर्गत डिशहोमका दक्ष प्राविधिक टोलीहरू घरमै पुगेर सेवा प्रदान गर्नेछन्। काठमाडौँ उपत्यकाबाट सुरु गरिएको सोड अभियानलाई चरणबद्ध रूपमा देशका अन्य क्षेत्रहरूमा पनि विस्तार गर्ने योजना कम्पनीको छ।
साथै, अभियान अवधिमा वार्षिक रिचार्ज गर्ने ग्राहकले विशेष छुट तथा अतिरिक्त सुविधाहरू समेत पाउनेछन्। अभियानसम्बन्धी थप जानकारीका लागि डिशहोम इन्टरनेटको हटलाइन नम्बर ९८०१५४४००० मा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ।


