काठमाडौँ: जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई कर्पोरेट क्लब नेपालद्वारा आयोजित कार्यक्रममा २०२५ को लाइफ इन्स्योरेन्स विधामा सम्मान गरिएको छ। अवार्डका लागि मनोनित लाइफ इन्स्योरेन्स कम्पनीमध्येबाट नेपाल लाइफलाई कर्पोरेट एक्सिलेन्स अवार्ड २०२५ बाट सम्मानित गरिएको हो।
काठमाडौँमा आयोजित एक समारोहका बीच नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली र नायव प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयालले उक्त सम्मान ग्रहण गरेका हुन्।
नेपाली बीमा कम्पनीहरूको वित्तीय विवरण, सूचांकहरू, सुशासन दावी भुक्तानीको अनुपात, चुक्तापुंजी, प्रथम बीमा शुल्क आर्जन, कम्पनीद्वारा मानव संसाधनको विकासमा गरिएको लगानी, लगानी विविधिकरणमा गरिएका कार्यहरू अटोमेसन/डिजिटल भुक्तानी क्षेत्रमा गरिएका कार्यहरू, संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएका कार्यक्रमहरू जस्ता मापदण्डहरूलाई मुल्यांकन गर्दै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई यो सम्मान प्रदान गरिएको हो।


