काठमाडौँः नेपाली बजारमा बुधबार पनि सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा १४ हजार ४ सय रुपैयाँले बढेर ३ लाख ४ हजार ७ सय रुपैयाँ कायम भएको छ।
अघिल्लो कारोबार दिन मंगलबार छापावाल सुन तोलामा २ लाख ९० हजार ३ सय रुपैयाँ कायम भएको थियो।
यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा ५ हजार ३३५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर ५ हजार ६ सय रुपैयाँ कायम भएको महासंघको जनाएको छ।


