२०८३ कार्तिक १४ गते शुक्रबार

मनमैजुमा १.३० अर्ब लगानीमा हाउजिङ परियोजना ल्याउँदै व्यवसायी ज्ञानेन्द्रलाल प्रधान, १५ युनिट सम्पन्न

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ २१
New Project (82)

काठमाडौँ: बढ्दो सहरीकरण र बदलिँदो जीवनशैलीसँगै राजधानीलगायत प्रमुख सहरहरुमा हाउजिङमा आकर्षण बढ्दै गएको छ। ठूला व्यवसायिक घरनाहरु पनि हाउजिङ परियोजनामा लगानी बढाइरहेका छन्। यस्तै जलविद्युत व्यवसायी ज्ञानेन्द्रलाल प्रधानले लगानी विविधिकरण गरेर हाउजिङ क्षेत्रमा विस्तार गरेका छन्।

जलविद्युत, सेयर बजार र हस्पिटालिटी क्षेत्रमा लगानी गरिरहेका व्यवसायी प्रधानले गृहलक्ष्मी रियालिटी लिमिटेडमार्फत हाउजिङ व्यवसायमा प्रवेश गरेका हुन्।

प्रधानले एक अर्ब २९ करोड ९९ लाख रुपैयाँ लगानीमा राजधानीको मनमैजु, फुटुङमा ३५ वटा रेजिडेन्स (आवास) निर्माण गरिरहेका छन्। हालसम्म १५ आवासको निर्माण सम्पन्न भएको गृहलक्ष्मीले जनाएको छ। यस्तै उनले गृहलक्ष्मीले व्यावसायिक भवन निर्माण सुरु गर्न लागेका छन्।

कूल लागत मध्ये ४० करोड रुपैयाँ ऋण, ७५ करोड रुपैयाँ स्वपुँजी (इक्विटी) १४ करोड ९० लाख रुपैयाँ हाउजिङ युनिट एडभान्स बुकिङबाट जुटाइएको छ। हाउजिङ परियोजनामा ऋण र स्वपुँजी अनुपात ३१ः५८ः११ प्रतिशत रहेको छ।

गृहलक्ष्मीले बैंकसँग ऋण सम्झौता गरेर लगानी जुटाइसकेको छ। जग्गा खरिदको काम सकिएको छ। हालसम्म ८० प्रतिशत वित्तीय प्रगति भएको कम्पनीले जनाएको छ। जग्गाको आंशिक बिक्री साथै आवास एकाइहरू सुरु गरिएको छ।

आवास परियोजना र व्यावसायिक परिसर फुटुङ, मनमैजुमा अवस्थित छ। जुन गोंगाबु बसपार्कबाट ४.२ किलोमिटर टाढा छ। विभिन्न सुविधाहरूको उपलब्धता भएको उत्कृष्ट स्थानले बासिन्दाहरूलाई थप फाइदा दिन्छ।

राजधानी शहर भएकोले काठमाडौँमा धेरै शैक्षिक संस्थाहरू, अस्पतालहरू, बैंकका एटीएमहरू, शपिङ मलहरू, खुद्रा पसलहरू, बैंकहरू र अन्य रोजगारीका अवसरहरू नजिकै छन्। साथै, शहरको भीडभाडबाट टाढा बस्न मानिसहरूको बढ्दो माग, राम्रो सेवाहरू र सुविधाहरूमा पर्याप्त पहुँच भए पनि मनमैजुलाई आवासीय उद्देश्यका लागि अनुकूल स्थानमा मानिन्छ।

हाउजिङ परियोजना थाल्न सन् २०२३ को जुलाइमा स्थापना भएको रियल इस्टेट कम्पनी गृहलक्ष्मी रियालिटीको ४६ प्रतिशत हिस्सा प्रधानको छ । साधारण सेयर (आइपीओ) निष्कासन गर्न कम्पनी पब्लिक लिमिटेडमा परिणत भइसकेको छ। कम्पनीको साझेदार मनमैजु हाउजिङ कम्पनी लिमिटेड रहेको छ।

प्रधानले त्रिवेणी र विशाल ग्रुपको साझेदारीमा १८० मेगावाटको कालिगण्डकी गर्ज बनाउँदै छन्। आयोजना बनाउन ४० अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ। आयोजना बनाउन बैंकबाट ३० अर्ब रुपैयाँ वित्तीय व्यवस्थापन सम्झौता भइसकेको छ। यस्तै २० मेगावाटको मोदी जलविद्युत आयोजना सञ्चालनमा छ।

यस्तै साझेदारीमा २६ मेगावाटको खुदी जलविद्युत आयोजना पनि निर्माण भइरहेको छ। प्रधानले काभ्रेको बनेपाको बासडोलमा पाँचतारे स्तरको आरुण्य नेचर रिसोट निर्माण गरिरहेका छन्। रिसोर्ट छिट्टै सञ्चालनको तयारी भएको छ। एक दशकमा सम्पन्न हुने रिसोर्ट परियोजनामा १० अर्ब रुपैयाँ लगानी हुने प्रधानले बताएका छन्।

प्रकाशित: २०८२ माघ २१ गते बुधबार ०१:५२
प्रतिक्रिया

थप समाचार

सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवमा हेटौँडा शाखाद्वारा रक्तदान कार्यक्रम

हेटौँडा: सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवका अवसरमा हेटौँडा शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। नेपाल रेडक्रस सोसाइटीको सहयोगमा आयोजित कार्यक्रममा ४२ जनाले रक्तदान गरेका...

कामना विकास बैंक २०औँ वर्षमा, ८ स्थानमा रक्तदान कार्यक्रम गर्ने

काठमाडौँ: कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका आठ स्थानमा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। बैंकका अनुसार कार्तिक १५ गते कोशी प्रदेशको विराटनगरमा र कार्तिक...

आईसीटी अवार्डका लागि चार विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनोट

आईसीटी अवार्ड २०२६ अन्तर्गत स्टार्टअप तथा इनोभेसनसम्बन्धी चार विधाका ५० सेमिफाइनलिस्ट सार्वजनिक भएका छन्। अवार्डको ११औँ संस्करणका लागि प्राप्त २३० भन्दा बढी आवेदनबाट दुई चरणको छनोट प्रक्रियामार्फत...

कच्चा तेलको मूल्य बढेर ब्यारेलको ११७ डलरमाथि, महँगी बढ्ने जोखिम

काठमाडौँः अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलर माथि पुगेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ब्यारेलको ११७.३ डलरमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ। पश्चिम...

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना