काठमाडौँः नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा ४ हजार २ सय रुपैयाँले घटेर २ लाख ९१ हजार रुपैयाँ कायम भएको छ।
अघिल्लो कारोबार दिन बिहीबार छापावाल सुन तोलामा २ लाख ९५ हजार २ सय रुपैयाँ कायम भएको थियो।
यस्तै शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। बिहीबार तोलामा ४ हजार ९८० सय रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार घटेर ४ हजार ७१० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।


