काठमाडौँः नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा ९ हजार ५ सय रुपैयाँले बढेर ३ लाख ५ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो कारोबार दिन शुक्रबार छापावाल सुन तोलामा २ लाख ९१ हजार रुपैयाँ कायम भएको थियो ।
यस्तै आइतबार चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा ४ हजार ७१० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर ५ हजार १० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।


