काठमाडौं। विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनको विदेशी विनिमय सञ्चिती १.२३ प्रतिशत बढेर ३४ खर्ब डलर पुगेको छ। यसबीचमा ४१ अर्ब २० करोड डलर थपिएर ३४ खर्ब डलर पुगेको ग्लोबल टाइम्सले जनाएको छ।
विदेशी विनिमय प्रशासनले जनवरीमा अमेरिकी डलर सूचकांकमा गिरावट आएको उल्लेख गरेको छ। जबकि प्रमुख विश्वव्यापी वित्तीय सम्पत्तिहरूको मूल्य समग्रमा बढेको छ। जुन वित्तीय र मौद्रिक नीतिहरू साथै प्रमुख अर्थतन्त्रहरूमा बजार अपेक्षाहरूबाट प्रभावित छ।
विनिमय दर रूपान्तरण र सम्पत्ति मूल्यमा परिवर्तनको संयुक्त प्रभावले महिनाभरि चीनको विदेशी मुद्रा सञ्चितिमा वृद्धि भएको छ।
चीनको अर्थतन्त्रले स्थिरता र सुधारोन्मुख छ। यसले विकास लचिलोपनलाई अझ बलियो बनाउँदै विदेशी मुद्रा सञ्चितिको मात्रालाई स्थिर राख्न ठोस सहयोग पुगेको छ।
यस्तै, विश्वको चौथो ठूलो अर्थतन्त्र उदीयमान मुलुक भारतको पनि विदेशी विनिमय सञ्चिती बढेर सात खर्ब नौ अर्ब ४१ करोड डलर पुगेको भारतीय केन्द्रीय बैंक (आरबीआई) ले जनाएको छ।
यसअघि गत वर्ष सात खर्ब पाँच अर्ब डलर पुगेको थियो। एक सातामा आठ अर्ब डलर विदेशी मुद्रा बढेपछि सञ्चितीमा नयाँ रेकर्ड कायम भएको आरबीआईले जानकारी दिएको छ।
केन्द्रीय बैंकले घरेलु बजारमा रुपैयाँको तरलता प्रवाह गर्न विदेशी मुद्रा स्वाप सञ्चालन गरेपछि सञ्चिती बढेको हो। यस्तै सुन होल्डिङको मूल्य बढेपछि विगत दुई हप्तामा विदेशी मुद्रा सञ्चिति तीव्र गतिमा बढेको छ।
केन्द्रीय बैंकको सुन होल्डिङको मूल्य अहिले एक खर्ब २३ अर्ब डलर पुगेको छ।
यस्तै नेपालमा पनि विदेशी विनिमय सञ्चिती बढेर नयाँ रेकर्ड कायम हुँदै आएको छ। गत असारमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ पुस मसान्तमा १५.२ प्रतिशत वृद्धि भई २२ अर्ब ४७ करोड डलर पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
विदेशी विनिमय सञ्चिति २१.४ महिनाको वस्तु आयात र १८.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ।
एक डलरबराबर ६.९४ युआन रहेको छ। यस्तै भारतीय रुपैयाँ ९० र नेपाली रुपैयाँ १४५ रुपैयाँ छ।
(ग्लोबल टाइम्सको सहयोगमा)


