२०८३ कार्तिक १४ गते शुक्रबार

५० लाख लगानीमा नयाँबानेश्वरमा ‘तुफानी पिज्जा’, अनलाइनबाट पनि ‘अर्डर’ गर्न सकिने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ २६
WhatsApp Image 2026-02-09 at 16.24.43

काठमाडौँ: नेपाली स्वादलाई प्राथमिकतामा राखेर काठमाडौँको नयाँबानेश्वरमा तुफानी पिज्जा रेष्टुरेन्ट सञ्चालनमा आउने भएको छ। लामो समयदेखि रेष्टुरेन्ट तथा व्यवसायिक क्षेत्रमा सक्रिय युवाहरूको संयुक्त पहलमा ‘के एण्ड के इन्टरनेशनल कलेज’ नजिकै रहेको उक्त रेष्टुरेन्ट तयार भएको हो।

रेष्टुरेन्ट निर्माणको कार्य सकिएले माघ २८ गते बुधबारदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ।

तुफानी पिज्जामा नेपाली स्वादको पिज्जासहित बर्गर, तुफानी फ्राइड चिकेन (टीएफसी) तुफानी र्‍याप, एक्प्रेशो बेसका अर्गानिक कफी र विभिन्न फ्रेस जुसहरु पाइने सञ्चालक माधवकुमार नेपालले जानकारी दिए।

तुफानी पिज्जाले आगामी दिनमा चेन मोडलमा काठमाडौं उपत्यका र मोफसलमा समेत शाखाहरु बिस्तार गर्ने योजना बनाएको छ। बानेश्वर रेष्टुरेन्टमा सेन्टल किचन रहने र अन्य ठाउँमा पनि तुफानी स्वादका परिकारहरु पाइने उनले बताए।

एभरेष्ट होटलको पार्किङ साइडको छक्कुबक्कु मार्गमा रहेको रेष्टुरेन्ट करिब ५० लाख लगानीमा सञ्चालनमा ल्याइएको हो। ‘हाम्रो टिममा नेपाली स्वादको फुड स्पेसलिस्ट, सर्भिस सेक्टरमा लामो समय काम गरेको र फाइनान्स क्षेत्रमा काम गरेका अनुभवी साथी छौं,’ नेपालले भने।

चार्टर्ड एकाउण्टेन्ट समेत रहेका पर्वतका टीका कार्की, नुवाकोटका माधव नेपाल र काभ्रे मनमोहन रिमालले संयुक्त लगानीमा रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हुन्। विभिन्न क्षेत्रमा लगानी गरेका कार्कीले रेष्टुरेन्टमार्फत पनि सेवा गर्ने योजना बनाए।

‘हाम्रो धेरै क्षेत्रमा लगानी छ। देशमै लगानीको सम्भावना छ भन्ने भएर पनि रेष्टुरेन्टमा सोच गरेको हो‘ उनले भने,’बानेश्वर क्षेत्रमा यो किसिमको स्वादको पिज्जा नपाइने भएकाले पनि यही क्षेत्र रोजेका हौं।’

चार्टर्ड एकाउण्टेन्ट समेत रहेका कार्कीले यो रेष्टुरेन्टमा प्रिमियर आइटहरु सस्तो मुल्यमा पाइने जानकारी दिए।

‘बानेश्वरमा धेरै कर्पोरेट अफिस, कन्सल्टेन्सी र कलेजहरु छन्,’ उनले भने, ‘हामीले विद्यार्थी र अफिसहरुमा काम गर्ने कर्मचारीलाई केन्द्रित गरेर रेष्टुरेन्ट खोलेका हौं।‘

तुफानी पिज्जाका परिकारहरु अनलाइनमार्फत फुडमाण्डु, पठाओ र आफ्नै वेवसाइ, सोसल मिडियाबाट पनि अर्डर गर्न सकिने कार्कीले जानकारी दिए।

त्यसो त लगानीकर्ता रहेका नेपाल लामो समयदेखि रेष्टुरेन्टमा काम गरेको छ। उनले २०६९ मा संगम खाजाघरबाट काम थालेका उनले होटल भ्यु पोइन्ट, रेड डाइमन्ड र बर्गर हाउस, स्याङ्को कट्टिरोल समेत चलाएको अनुभव छ। उनीहरुकै टिमले काठमाडौँका विभिन्न १३ स्थानमा स्याङ्को कट्टिरोल फ्रेन्चाइज आउटलेटहरू समेत सञ्चालन गर्दै आएका छन्।

प्रकाशित: २०८२ माघ २६ गते सोमबार ०४:४२
प्रतिक्रिया

थप समाचार

सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवमा हेटौँडा शाखाद्वारा रक्तदान कार्यक्रम

हेटौँडा: सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवका अवसरमा हेटौँडा शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। नेपाल रेडक्रस सोसाइटीको सहयोगमा आयोजित कार्यक्रममा ४२ जनाले रक्तदान गरेका...

कामना विकास बैंक २०औँ वर्षमा, ८ स्थानमा रक्तदान कार्यक्रम गर्ने

काठमाडौँ: कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका आठ स्थानमा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। बैंकका अनुसार कार्तिक १५ गते कोशी प्रदेशको विराटनगरमा र कार्तिक...

आईसीटी अवार्डका लागि चार विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनोट

आईसीटी अवार्ड २०२६ अन्तर्गत स्टार्टअप तथा इनोभेसनसम्बन्धी चार विधाका ५० सेमिफाइनलिस्ट सार्वजनिक भएका छन्। अवार्डको ११औँ संस्करणका लागि प्राप्त २३० भन्दा बढी आवेदनबाट दुई चरणको छनोट प्रक्रियामार्फत...

कच्चा तेलको मूल्य बढेर ब्यारेलको ११७ डलरमाथि, महँगी बढ्ने जोखिम

काठमाडौँः अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलर माथि पुगेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ब्यारेलको ११७.३ डलरमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ। पश्चिम...

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना