काठमाडौँः भुजुङ्ग हाइड्रोपावर लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को बाँडफाँड भएको छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडले मंगलबार (आज) बिहान आईपीओ बाँडफाँड प्रक्रिया सम्पन्न गरेको हो।
कम्पनीले माघ १२ देखि १५ गतेसम्म सर्वसाधारणका लागि आईपीओ खुला गरेको थियो। यस अवधिमा २६ लाख ६५ हजार १७४ जना लगानीकर्ताबाट ३ करोड ७ लाख ८४ हजार ८२० कित्ताका लागि आवेदन परेको थियो।
माग अत्यधिक भएपछि गोलाप्रथा प्रणालीमार्फत बाँडफाँड गरिएको थियो। जसअनुसार ८३ हजार जना लगानीकर्ताले प्रतिव्यक्ति १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्। बाँकी २५ लाख ८२ हजार १७४ जना लगानीकर्ताले सेयर पाउन सकेनन्।
कम्पनीले सर्वसाधारणका लागि कुल ८ लाख ३० हजार कित्ता सेयर निष्कासन गरेको थियो।


