२०८३ कार्तिक १४ गते शुक्रबार

सुरक्षित इन्टरनेट दिवस २०८२ : एनसेल फाउन्डेसनद्वारा ‘सेफर इन्टरनेट टुगेदर’ कार्यक्रम सुरु

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ २७
625810893_1596025258333065_1219755958540044625_n

काठमाडौं। सुरक्षित इन्टरनेट दिवस २०८२ को अवसरमा मंगलबार एनसेल फाउन्डेसन र नासा सेक्युरिटीजले देशव्यापी रूपमा ‘सेफर इन्टरनेट टुगेदर (एसआईटी)’ कार्यक्रम आरम्भ गरेको घोषणा गरेको छन्।

यो सामाजिक अभियानले देशभरका विद्यालयहरुमा पुगेर साइबर सुरक्षा, डेटा गोपनीयता तथा डिजिटल सुरक्षाका विविध पक्षहरूबारे विद्यार्थीहरुलाई ज्ञान प्रदान गर्ने लक्ष्य राखेको छ। जसबाट ५० हजार भन्दा बढी विद्यार्थी, शिक्षक तथा समुदाय सदस्यहरू लाभान्वित हुने अपेक्षा गरिएको छ।

हाल नमुना परियोजनाका रूपमा अघि सारिएको यो कार्यक्रमअन्तर्गत बागमती, गण्डकी र मधेस प्रदेशका सरकारी, सामुदायिक तथा निजी विद्यालयहरूमा कक्षा ३ देखि १२ सम्मका विद्यार्थीहरूलाई लक्षित गरी साइबर सचेतना सत्रहरू सञ्चालन गरिनेछ।

कार्यक्रमअन्तर्गत इन्टरनेट सुरक्षासम्बन्धी हाते पुस्तक पनि तयार पारिएको छ। ती पुस्तक कार्यक्रम सत्र पश्चात् सम्बन्धित विद्यालयका सहभागी छात्र, छात्राहरूलाई वितरण गरिने एनसेलले जनाएको छ।

 

पहिलो चरणमा तीन प्रदेशमा सफल कार्यान्वयन पश्चात यो अभियान आगामि आर्थिक वर्षमा अन्य प्रदेशमा पनि सञ्चालन गरिने योजना रहेको छ।

यो वर्षको सुरक्षित इन्टरनेट दिवसको नारा ‘स्मार्ट टेक, सेफ चोइसेस्ः एक्सप्लोरिङ द सेफ एन्ड रेस्पोन्सीबल युज अफ एआई रहेको छ।

नेपालमा एनसेल र नासा सेक्युरिटीजले संयुक्त रूपमा सुरु गरेको कार्यक्रमको औपचारिक घोषणा पोखरास्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयमा मंगलबार आयोजित एसआईटी सत्रका क्रममा गरिएको थियो।

कार्यक्रममा एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माइकल फोलेले सम्बोधन गर्दै डिजिटल सुरक्षा तथा आजको डिजिटल युगमा कृत्रिम बौद्धिकताको जिम्मेवार प्रयोगबारे आफ्ना बुझाइहरू विद्यार्थीहरूसमझ साँझा गरेका थिए।

एसआईटी कार्यक्रम नेपालमा सुरक्षित अनि समावेशी डिजिटल इकोसिस्टम प्रवद्र्धन गर्ने एनसेल फाउन्डेसनको प्रतिविद्धतासँग जोडिएको छ।

“म एक बाबु पनि हुँ, त्यसैले अभिभावकको रूपमा व्यक्तिगत डाटाको सुरक्षा मेरो लागि अत्यन्त महत्वपूर्ण विषय हो। आजको समयमा इन्टरनेटले हाम्रो दैनिक जीवनमा महत्वपूर्ण भूमिका खेल्छ।

प्रविधि हाम्रो जीवनको अभिन्न हिस्सा बन्दै जाँदा यससँग सम्बन्धित जोखिमहरू बुझ्नु र त्यसका लागि तयार रहनु झन् आवश्यक भएको छ।

एसआईटी कार्यक्रममार्फत हामीले विद्यार्थी तथा युवाहरूलाई डिजिटल संसारमा सुरक्षित, जिम्मेवार र आत्मविश्वासका साथ रहन आवश्यक ज्ञान र सीप प्रदान गर्ने लक्ष्य राखेका छौं। यस कार्यक्रमले नयाँ पुस्तालाई आफू सुरक्षित रहँदै डिजिटल अवसरहरूको अधिकतम उपयोग गर्न आवश्यक मार्गदर्शन र टुल उपलब्ध गराउनेछ भन्नेमा म आशावादी छु।,” एनसेलका प्रमुख सीईओ माइकल फोलेले भने।

यो सहकार्यले दुवै संस्थालाई जिम्मेवार डिजिटल प्रवर्धकका रूपमा स्थापित गर्दै र उदीयमान जोखिमहरूलाई सक्रिय रूपमा सम्बोधन गर्दै डिजिटल साक्षरता, दृढता तथा व्यापक डिजिटल इकोसिस्टममा विश्वास निर्माणमा योगदान पुर्याउनेछ।

“डिजिटल प्लेटफर्महरूले युवाहरूले सिक्ने, अन्तरक्रिया गर्ने वा प्रतिक्रिया जनाउने र निर्णय लिने तरिकालाई बढ्दो रूपमा प्रभावित गर्दै गएकाले उनीहरूको अनलाइन सुरक्षा सुनिश्चित गर्नु सबैको साझा जिम्मेवारी बनेको छ।

आजको विश्वमा डिजिटल साक्षरता र साइबर जागरण वित्तीय साक्षरतासरह नै महत्वपूर्ण छन् भन्ने विश्वास गर्दछौं। एनसले फाउन्डेसनसँगको सहकार्यमा सञ्चालित एसआईटी अभियानमार्फत हामी विद्यार्थीहरूलाई प्रविधिको जिम्मेवार प्रयोग गर्ने, आफ्नो डिजिटल पदचिन्ह संरक्षण गर्ने र डिजिटल इकोसिस्टममा सुरक्षित रूपमा नेभिगेट गर्न व्यावहारिक ज्ञान प्रदान गर्ने लक्ष्य राखेका छौं। यो कार्यक्रमले नेपालभर जिम्मेवार डिजिटल सशक्तीकरण र सामुदायिक विकासप्रति हाम्रो दीर्घकालीन प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ,” नासा सेक्युरिटीजका प्रबन्ध निर्देशक मदन पौड्यालले भने।

हालसम्म एसआईटी सत्रहरू नौ वटा विद्यालयमा सञ्चालन गरिसकिएको छ जसमा कास्कीमा रहेका श्री राष्ट्रिय माध्यमिक विद्यालय, श्री अमरसिंह माध्यमिक विद्यालय, लिटल स्टेप सेकेन्डरी स्कुल, भास्कर मेमोरियल स्कूल, सेन्ट–मेरिज स्कूल र रेन्बो एकेडेमिक होम्स सेकेन्डरी स्कुल छन्।

साथै ललितपुरमा सेन्ट–मेरिज स्कुल, बानी विलास हाई स्कूल, र भक्तपुरमा आदर्श हाई स्कूलमा एसआईटी सत्रहरू सञ्चालन भइसकेका छन्। कार्यक्रम कार्यन्वयन साझेदारका रुपमा एस्टेरिस्क टेक्नोलोजीले सहकार्य गरेको छ। यी सत्रहरूबाट सात हजार भन्दा बढी विद्यार्थीहरू लाभान्वित भइसकेका छन्।

प्रकाशित: २०८२ माघ २७ गते मङ्गलबार ०८:३२
प्रतिक्रिया

थप समाचार

सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवमा हेटौँडा शाखाद्वारा रक्तदान कार्यक्रम

हेटौँडा: सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवका अवसरमा हेटौँडा शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। नेपाल रेडक्रस सोसाइटीको सहयोगमा आयोजित कार्यक्रममा ४२ जनाले रक्तदान गरेका...

कामना विकास बैंक २०औँ वर्षमा, ८ स्थानमा रक्तदान कार्यक्रम गर्ने

काठमाडौँ: कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका आठ स्थानमा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। बैंकका अनुसार कार्तिक १५ गते कोशी प्रदेशको विराटनगरमा र कार्तिक...

आईसीटी अवार्डका लागि चार विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनोट

आईसीटी अवार्ड २०२६ अन्तर्गत स्टार्टअप तथा इनोभेसनसम्बन्धी चार विधाका ५० सेमिफाइनलिस्ट सार्वजनिक भएका छन्। अवार्डको ११औँ संस्करणका लागि प्राप्त २३० भन्दा बढी आवेदनबाट दुई चरणको छनोट प्रक्रियामार्फत...

कच्चा तेलको मूल्य बढेर ब्यारेलको ११७ डलरमाथि, महँगी बढ्ने जोखिम

काठमाडौँः अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलर माथि पुगेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ब्यारेलको ११७.३ डलरमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ। पश्चिम...

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना