काठमाडौँः बुधबार पनि सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा ११ सय रुपैयाँले बढेर ३ लाख ६ हजार ६ सय रुपैयाँ कायम भएको छ।
अघिल्लो कारोबार दिन मंगलबार छापावाल सुन तोलामा ३ लाख ५ हजार ५ सय रुपैयाँ कायम भएको थियो।
यस्तै मंगलबार चाँदीको मूल्य पनि बढेको छ। मंगलबार ५ हजार २४० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर ५ हजार २९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।


