काठमाडौं। बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने अनुमति प्राप्त गरेको छ। नेपाल धितोपत्र बोर्डले माघ २९ गते कम्पनीलाई आईपीओ जारी गर्न स्वीकृति प्रदान गरेको हो।
स्वीकृतिअनुसार कम्पनीले २० करोड ८० लाख रुपैयाँ बराबरको २० लाख ८० हजार कित्ता सेयर निष्कासन गर्नेछ। प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ रहनेछ। सेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनएमबि क्यापिटलले पाएको छ।


