काठमाडौँः सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) को बाँडफाँड मिति तय भएको छ। बिक्री प्रबन्धक कुमारी क्यापिटलका अनुसार आईपीओ बाँडफाँड फाल्गुन ५ गते (मंगलबार) हुने भएको छ।
कम्पनीले माघ १८ गतेदेखि २१ गतेसम्म सर्वसाधारणका लागि ५ लाख ७२ हजार ४३१ कित्ता आईपीओ निष्काशन गरेको थियो।
आईपीओमा माग भन्दा बढी आवेदन परेकाले गोला प्रथामार्फत आईपीओ बाँडफाँड हुने छ।


