२०८३ कार्तिक २३ गते आईतबार

राष्ट्र बैंक ऐन संशोधनको तयारी, सुझाव संकलन गर्दै सरकार

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण ३
Untitled-1

काठमाडौँः सरकारले नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई समयानुकूल परिमार्जन गर्ने तयारी अघि बढाएको छ। अर्थ मन्त्रालयले केन्द्रीय बैंकको भूमिका अन्तर्राष्ट्रिय अभ्यासअनुरूप बनाउन, नियमन क्षमतामा सुधार गर्न तथा संस्थागत स्वायत्तता बलियो पार्न ऐन संशोधनको मस्यौदा तयार गरी सार्वजनिक सुझाव आह्वान गरेको जनाएको छ।

मन्त्रालयका अनुसार प्रस्तावित संशोधनले केन्द्रीय बैंकको उद्देश्य, कार्यक्षेत्र र नियामकीय अधिकारलाई स्पष्ट बनाउनेछ। साथै, आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्य, राष्ट्र बैंकको चौथो रणनीतिक योजना (२०२२–२०२६) र मौद्रिक नीतिमा उल्लेख गरिएका सुधारका विषयलाई कानुनी आधार दिने लक्ष्य राखिएको छ।

डिजिटल बैंकिङ र डिजिटल मुद्रामा कानुनी मान्यता
मस्यौदामा डिजिटल प्रविधिको तीव्र विस्तारलाई ध्यानमा राख्दै ‘डिजिटल बैंक’ र ‘डिजिटल मुद्रा’ सम्बन्धी प्रावधान समावेश गरिएको छ। डिजिटल बैंकलाई भौतिक शाखा बिना डिजिटल माध्यमबाट वित्तीय सेवा सञ्चालन गर्ने, बैंकबाट इजाजत प्राप्त संस्थाका रूपमा परिभाषित गर्ने प्रस्ताव गरिएको छ।

त्यस्तै, मुद्रा सम्बन्धी परिभाषा विस्तार गर्दै विद्युतीय तथा नवीन भुक्तानी उपकरणलाई समेत समेट्ने व्यवस्था गर्न खोजिएको छ, जसले अनलाइन कारोबार र डिजिटल भुक्तानी प्रणालीलाई कानुनी आधार प्रदान गर्ने अपेक्षा गरिएको छ।

वित्तीय संस्थाको परिभाषा थप स्पष्ट
मस्यौदाले ‘वित्तीय संस्था’ को दायरा फराकिलो बनाउँदै वित्तीय होल्डिङ कम्पनी, विशेष उद्देश्यका कर्जा प्रदायक संस्था, विप्रेषण सेवा प्रदायक, भुक्तानी प्रणाली सञ्चालक तथा आवश्यकताअनुसार सरकारले राजपत्रमार्फत तोक्ने अन्य संस्थालाई पनि समेट्ने प्रस्ताव गरेको छ।

जोखिममा आधारित सुपरिवेक्षण र अन्तर्राष्ट्रिय मापदण्ड
प्रस्तावित संशोधनमार्फत जोखिममा आधारित सुपरिवेक्षण प्रणालीलाई प्रवद्र्धन, अन्तर्राष्ट्रिय लेखा मापदण्डअनुरूप वित्तीय प्रतिवेदन प्रणालीको आधुनिकीकरण तथा बैंक तथा वित्तीय संस्थाको समाधान सम्बन्धी व्यवस्थालाई स्पष्ट बनाउने योजना रहेको मन्त्रालयले जनाएको छ।

राष्ट्र बैंकले प्रदेश सरकार, स्थानीय तह, सहकारी तथा निजी क्षेत्रसँग समन्वय गर्ने कानुनी व्यवस्था थप गर्ने प्रस्ताव गरिएको छ।

कायम मुकायम गभर्नर सम्बन्धी व्यवस्था परिमार्जन
गभर्नरको अनुपस्थितिमा वरिष्ठ डेपुटी गभर्नरलाई कायम मुकायम गभर्नर तोक्ने व्यवस्था स्पष्ट रूपमा उल्लेख गर्ने गरी दफा संशोधन गर्ने तयारी गरिएको छ। यसले आकस्मिक अवस्थामा नेतृत्व रिक्तता हुन नदिने अपेक्षा गरिएको छ।

अर्थ मन्त्रालयले मस्यौदामा सर्वसाधारण तथा सरोकारवालाबाट सुझाव संकलन गरिरहेको छ। प्राप्त सुझाव समेटेर विधेयकलाई संसद्मा पेश गर्ने तयारी रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: २०८२ फाल्गुण ३ गते आईतबार ०२:३५
प्रतिक्रिया

थप समाचार

बैंकिङ ठगीबाट बच्न तिहारमा अपनाउनुपर्ने सावधानी

कारोबार सहज र छिटो भए पनि यही समयमा डिजिटल माध्यमबाट हुने वित्तीय ठगी तथा बैंकिङ कसुरको जोखिम पनि बढ्न सक्छ।

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

राष्ट्रिय वाणिज्य बैंकले निकाल्यो सहुलियतपूर्ण कर्जा भुक्तानी नगर्ने सयौं महिला उद्यमीको सूची

काठमाडौँ: महिला उद्यमशीलता विकासका लागि विनाधितो प्रवाह गरिएको सहुलियतपूर्ण कर्जा असुली गर्न राष्ट्रिय वाणिज्य बैंकले देशभरका ऋणीलाई ताकेता गरेको छ । बैंकले लामो समयदेखि साँवा तथा ब्याज...

एनआईसी एशिया बैंकमा रोजगारीको अवसर

काठमाडौँः एनआईसी एशिया बैंक लिमिटेडले प्रमुख सुरक्षा अधिकृत पदमा एक जना कर्मचारी नियुक्त गर्ने भएको छ । बैंकले योग्य, अनुभवी तथा नतिजामुखी उम्मेदवारबाट उक्त पदका लागि आवेदन आह्वान गरेको हो...

समस्याग्रस्त कर्णाली विकास बैंकको पछिल्लो अवस्था के छ?

यसरी कर्णाली डेभलपमेन्ट बैंकको भविष्य अझै राष्ट्र बैंकले तय गर्ने व्यवस्थापन र पुनः सञ्चालनको मोडालिटीमा निर्भर छ। तत्कालका लागि ऋण असुलीमार्फत साना निक्षेपकर्तालाई रकम फिर्ता गर्ने प्रयास...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना