काठमाडाैँ: होटल फरेष्ट इनको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बाँडफाँड सम्पन्न भएको छ। कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एआईसी एशिया क्यापिटलका अनुसार सोमबार (आज) बाँडफाँड गरिएको हो।
कम्पनीले गत माघ २२ गतेदेखि माघ २६ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता रु १०० अंकित मूल्यका ३३ लाख २० हजार कित्ता शेयर निष्कासन गरेको थियो।
उक्त आईपीओमा कुल २६ लाख ६० हजार ४५२ आवेदकले २ करोड ९९ लाख ७८ हजार ८६० कित्ताका लागि आवेदन दिएका थिए। जसमध्ये २३ लाख ७१ हजार ३१५ आवेदकको आवेदन स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द गरिएको बिक्री प्रबन्धकले जनाएको छ।
मागभन्दा अत्यधिक आवेदन परेकाले गोलाप्रथा प्रक्रियामार्फत सेयर बाँडफाँड गरिएको हो। यसअनुसार भाग्यमानी ३ लाख ३२ हजार आवेदकले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्।


