२०८३ कार्तिक २४ गते सोमबार

नेपाली रुपैयाँको छुट्टै मुद्रा संकेत ल्याइँदै, डिजिटल करेन्सी व्यवस्थापनमा सहज हुने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण ४
nrb_head

काठमाडौँः नेपाल राष्ट्र बैंकले नेपाली रुपैयाँका लागि छुट्टै मुद्रा संकेत (करेन्सी सिम्बोल) निर्धारण गरी प्रयोगमा ल्याउने तयारी गरेको छ। राष्ट्र बैंक ऐन संशोधनसम्बन्धी मस्यौदामा उक्त विषय सम्बन्धी प्रावधान समावेश गरिएको जनाइएको छ। प्रस्तावित व्यवस्था लागू भएमा नेपाली मुद्राले अन्तर्राष्ट्रिय अभ्यासअनुसार औपचारिक पहिचान पाउने अपेक्षा गरिएको छ।

अर्थविद्हरूका अनुसार नेपाली रुपैयाँको आधिकारिक संकेत लागू भएमा डिजिटल भुक्तानी प्रणाली विस्तारमा टेवा पुग्नुका साथै अन्तर्राष्ट्रिय कारोबारमा नेपाली मुद्राको प्रयोग र पहिचान सहज हुने अपेक्षा गरिएको छ। अर्थविद् चन्द्रमणी अधिकारीका अनुसार मस्यौदामा डिजिटल बैंक र डिजिटल मुद्रासम्बन्धी प्रावधान समावेश भएकाले मुद्रा संकेत झन् आवश्यक भएको हो। उनका अनुसार यस्तो संकेतले नगदरहित कारोबारलाई प्रोत्साहन गर्नुका साथै डिजिटल करेन्सी व्यवस्थापनमा एकरूपता ल्याउन सहयोग पुर्‍याउनेछ। उनले भने, ‘मुद्रा संकेत जरुरी छ, किनकी यसले नोट मुद्रा हराउने सम्भावना कम हुन्छ । यसले डिजिटल करेन्सीलाई व्यवस्थापन गर्न सहज हुन्छ।’

अन्य देशहरूमा जस्तै मुद्राको विशिष्ट चिन्हले आर्थिक कारोबार, डिजिटल भुक्तानी तथा अन्तर्राष्ट्रिय व्यापारमा सहजता ल्याउने भएकाले नेपालमा पनि यस्तो संकेत आवश्यक रहेको निष्कर्ष निकालिएको हो। बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलको प्रतिवेदनमा समेत नेपाली मुद्राका लागि छुट्टै चिन्ह विकास गर्नुपर्ने उल्लेख गरिएको छ।

यसैबीच अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई समयानुकूल परिमार्जन गर्ने प्रक्रिया अघि बढाएको छ। मन्त्रालयका अनुसार केन्द्रीय बैंकको भूमिका अन्तर्राष्ट्रिय अभ्यासअनुरूप बनाउने, नियमन क्षमता सुदृढ गर्ने तथा संस्थागत स्वायत्तता बलियो पार्ने उद्देश्यले संशोधन मस्यौदा तयार पारिएको हो। मस्यौदामा सर्वसाधारण, वित्तीय क्षेत्रका सरोकारवाला तथा विज्ञहरूबाट सुझाव संकलन भइरहेको र प्राप्त सुझाव समेटेर विधेयक संसद्मा पेश गर्ने तयारी रहेको बताइएको छ।

प्रकाशित: २०८२ फाल्गुण ४ गते सोमबार ०२:२५
प्रतिक्रिया

थप समाचार

बैंकिङ ठगीबाट बच्न तिहारमा अपनाउनुपर्ने सावधानी

कारोबार सहज र छिटो भए पनि यही समयमा डिजिटल माध्यमबाट हुने वित्तीय ठगी तथा बैंकिङ कसुरको जोखिम पनि बढ्न सक्छ।

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

राष्ट्रिय वाणिज्य बैंकले निकाल्यो सहुलियतपूर्ण कर्जा भुक्तानी नगर्ने सयौं महिला उद्यमीको सूची

काठमाडौँ: महिला उद्यमशीलता विकासका लागि विनाधितो प्रवाह गरिएको सहुलियतपूर्ण कर्जा असुली गर्न राष्ट्रिय वाणिज्य बैंकले देशभरका ऋणीलाई ताकेता गरेको छ । बैंकले लामो समयदेखि साँवा तथा ब्याज...

एनआईसी एशिया बैंकमा रोजगारीको अवसर

काठमाडौँः एनआईसी एशिया बैंक लिमिटेडले प्रमुख सुरक्षा अधिकृत पदमा एक जना कर्मचारी नियुक्त गर्ने भएको छ । बैंकले योग्य, अनुभवी तथा नतिजामुखी उम्मेदवारबाट उक्त पदका लागि आवेदन आह्वान गरेको हो...

समस्याग्रस्त कर्णाली विकास बैंकको पछिल्लो अवस्था के छ?

यसरी कर्णाली डेभलपमेन्ट बैंकको भविष्य अझै राष्ट्र बैंकले तय गर्ने व्यवस्थापन र पुनः सञ्चालनको मोडालिटीमा निर्भर छ। तत्कालका लागि ऋण असुलीमार्फत साना निक्षेपकर्तालाई रकम फिर्ता गर्ने प्रयास...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना