काठमाडौँः साताको कारोबारको पहिलो दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ । आज परिसूचक नेप्से ८.१६ अंकले घटेर २ हजार ६६२ विन्दुमा बन्द भएको हो ।
यस दिन १ करोड ९६ लाख कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब ९४ करोडभन्दा बढीको करोबार भएको छ । आज ८६ कम्पनीको सेयर बढेको छ भने १६३ कम्पनीको सेयर घटेको छ ।
साथै, ९ कम्पनीको सेयर स्थिर रहेको नेप्सेले जनाएको छ ।
आज ३ कम्पनी सालपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स र बुद्धभुमी नेपाल हाईड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेको छ भने रिडी पावर कम्पनीको सेयर कारोबार उच्च भएको छ। उक्त कम्पनीको मात्र ६५ करोडको कारोबार भएको छ ।


