काठमाडौँः सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक कुमारी क्यापिटलले मंगलबार (आज) बिहान सेयर बाँडफाँड गरेको हो।
कम्पनीले माघ १८ गतेदेखि माघ २१ गतेसम्म आम सर्वसाधारणलाई ५ लाख ७२ हजार ४ सय ३१ कित्ता सेयर निष्काशन गरेको थियो। क्यापिटलका अनुसार यस आईपीओमा २४ लाख ५२ हजार ६ सय २ जनाले आवेदन दिएका थिए। जस मध्ये २४ लाख ११ हजार ९ सय २२ जनाको आवेदन मात्र योग्य भएको छ। माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ।
जस अनुसार ५७ हजार २ सय ४३ जनाले मात्र सेयर पाएका छन्। यी मध्ये १ जनाले ११ कित्ता सेयर पाएका छन् भने बाँकिले १० कित्ता सेयर पाएका छन्। अन्य आवेदकको भने हात खाली भएको छ ।


