काठमाडौँः बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले फागुन ५ गते (आज) फेरि निक्षेप संकलन उपकरणमार्फत बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ तान्ने भएको छ।
राष्ट्र बैंकका अनुसार आज दिउँसो ३ बजे बोलकबोल हुनेछ। इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।
८९ दिने यो निक्षेप संकलन उपकरणको आउँदो २०८३ जेठ ३ गते मूलधन र ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ। बोलकबोल ब्याजदरमा हुने भए पनि बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने व्यवस्था छ। यस प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्।
पछिल्लो समय कर्जाको माग नबढ्दा बैंकिङ प्रणालीमा तरलता प्रशस्त छ। त्यसलाई सन्तुलन गर्नको लागि राष्ट्र बैंकले हप्तै पिच्छे तरलता तानिरहेको छ।


