२०८३ कार्तिक १४ गते शुक्रबार

अन्नपूर्ण केवलकार पाँचौ वर्षमा, विविध सामाजिक उत्तरदायित्वका कार्यक्रम सम्पन्न

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण ६
New Project (92)

काठमाडौँः अन्नपूर्ण केबलकार लिमिटेड चौँथो बर्ष पूरा गरी पाचौं बर्षमा प्रवेश गरेको छ। आफ्नो चौंथो वार्षिकोत्सवको अवसरमा कम्पनीले विविध सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गरेको छ।

यस अवसरमा कम्पनीले स्त्री रोग, दन्त सेवा, क्यान्सर सचेतना तथा रक्तदान कार्यक्रम निःशुल्क रूपमा आयोजना गरी स्थानीयवासीलाई स्वास्थ्य सेवा उपलब्ध गराएको छ।

कम्पनीका अनुसार आयोजित स्वास्थ्य शिविरबाट ४८ जनाले प्रत्यक्ष लाभ लिएका छन् भने २७ जनाले रक्तदान गरेका छन्। साथै, स्थापना कालदेखि निरन्तर रूपमा कार्यरत कर्मचारीहरूलाई सम्मानसमेत गरिएको छ। वार्षिकोत्सवलाई सामाजिक सेवा केन्द्रित बनाउँदै केबलकारले समुदायसँगको सम्बन्ध अझ सुदृढ बनाउने प्रयास गरेको जनाएको छ।

पोखराको प्रमुख पर्यटकीय गन्तव्य सराङकोटस्थित केबलकार स्थापना कालदेखि नै नियमित सञ्चालनमा रहेको छ। बिहान सूर्योदयदेखि साँझसम्म सञ्चालन हुने केबलकार सेवाले सराङकोटबाट सूर्योदय तथा हिमालको दृश्य अवलोकन गर्न जाने पर्यटकको समय बचत गर्दै आएको छ। केवल ९ मिनेटको यात्रामा फेवाताल, लेकसाइड क्षेत्र, ग्रामीण बस्ती तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको दृश्य अवलोकन गर्न सकिने कम्पनीले जनाएको छ।

यसैबीच, प्रत्येक सोमबार साँझ हुने आरती दर्शनका लागि जाने दर्शकलाई विशेष सहुलियत स्वरूप प्रति टिकट २५० रुपैयाँमा साँझ ५ बजेदेखि ८ बजेसम्म सेवा उपलब्ध गराइँदै आएको छ। पर्यटकको सुविधालाई ध्यानमा राख्दै लेकसाइड क्षेत्रदेखि केबलकार स्टेशनसम्म निःशुल्क यातायातको व्यवस्था गरिएको छ भने चितवनदेखि आउने यात्रुका लागि समेत स्टेशनसम्म ंआउने–जाने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ।

वार्षिकोत्सवको अवसरमा सञ्चालन गरिएका सामाजिक तथा सेवा मूलक ंकार्यक्रमले केबलकारको सामाजिक प्रतिबद्धता उजागर गरेकोमा स्थानीयवासीले खुसी व्यक्त गरेका छन् ।

आइपिओ निष्कासनको अन्तिम तयारीमा रहेको अन्नपूर्ण केवलकारले सेवाग्राहीको सुविधालाई ध्यानमा राखी अनलाईन टिकट बुकिङदेखि केवलकार सम्बन्धि सम्पूर्ण जानकारीसहितको एप सार्वजनिक गर्ने तयारी गरेको कम्पनीका संचालक चन्द बहादुर कार्कीले जानकारी दिए।

प्रकाशित: २०८२ फाल्गुण ६ गते बुधबार ०१:११
प्रतिक्रिया

थप समाचार

सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवमा हेटौँडा शाखाद्वारा रक्तदान कार्यक्रम

हेटौँडा: सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवका अवसरमा हेटौँडा शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। नेपाल रेडक्रस सोसाइटीको सहयोगमा आयोजित कार्यक्रममा ४२ जनाले रक्तदान गरेका...

कामना विकास बैंक २०औँ वर्षमा, ८ स्थानमा रक्तदान कार्यक्रम गर्ने

काठमाडौँ: कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका आठ स्थानमा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। बैंकका अनुसार कार्तिक १५ गते कोशी प्रदेशको विराटनगरमा र कार्तिक...

आईसीटी अवार्डका लागि चार विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनोट

आईसीटी अवार्ड २०२६ अन्तर्गत स्टार्टअप तथा इनोभेसनसम्बन्धी चार विधाका ५० सेमिफाइनलिस्ट सार्वजनिक भएका छन्। अवार्डको ११औँ संस्करणका लागि प्राप्त २३० भन्दा बढी आवेदनबाट दुई चरणको छनोट प्रक्रियामार्फत...

कच्चा तेलको मूल्य बढेर ब्यारेलको ११७ डलरमाथि, महँगी बढ्ने जोखिम

काठमाडौँः अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलर माथि पुगेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ब्यारेलको ११७.३ डलरमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ। पश्चिम...

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना