काठमाडौँ: नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जनकपुरस्थित मिथिला यात्रीमा सीईओ क्लब सदस्य सम्मान गरेको छ।
आर्थिक वर्ष २०८१/८२ मा बीमाशुल्क संकलनका आधारमा मधेश प्रदेशका ७७ अभिकर्तालाई सम्मान गरिएको कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले सदस्यता, पदक र प्रमाणपत्र प्रदान गरेका थिए।
कार्यक्रममा अन्तर्राष्ट्रिय प्रशिक्षक सैयद अफ्जल अहमदले व्यवसायिक दक्षता सम्बन्धी तालिम दिएका थिए भने उत्कृष्ट अभिकर्ताहरूले अनुभव साझा गरेका थिए। कम्पनीका अनुसार सीईओ क्लब अवधारणाअन्तर्गत देशभर १६०० भन्दा बढी अभिकर्ता छनोट भइसकेका छन्।







