काठमाडौँ: क्याम्ब्रिज युनिर्भसिटी प्रेस एण्ड एसेसमेन्ट अन्तर्गतको द इन्टरनेशनल एडुकेसन ग्रुपले नेपालका ४७ विद्यार्थीलाई आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्ड प्रदान गरेको छ। नोभेम्बर २०२४ र जून २०२५ मा क्याम्ब्रिज इन्टरनेशनल एएस र ए लेभल परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई यो सम्मान दिइएको हो।
विश्वस्तरमा उच्च अंक हासिल गर्ने ४ विद्यार्थी र नेपालभित्र एकल विषयमा उत्कृष्ट ३६ विद्यार्थीको नाम सार्वजनिक गरिएको छ। अवार्ड विजेताहरूले शैक्षिक दक्षता, आलोचनात्मक सोच र अनुसन्धान क्षमता विकासमा योगदान पुर्याएको मानिएको छ।
कार्यक्रममा दक्षिण एसियाका क्षेत्रीय निर्देशक विनय शर्मा र ब्रिटिस काउन्सिल नेपालकी राष्ट्रिय निर्देशक प्रतिष्ठा थापा रायमाझीले विद्यार्थीहरूको मेहनत र शिक्षक तथा परिवारको समर्थनलाई सफलताको प्रमुख कारण ठहर गरेका थिए।







