काठमाडौँ: चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको नाफा सतप्रतिशतभन्दा ज्यादा बढेको छ। साउनदेखि पुस मसान्तसम्ममा साल्ट ट्रेडिङको नाफा अघिल्लो आवको यसै अवधिको तुलनामा ११४.१७ प्रतिशत बडेको हो।
गत आवको दोस्रो त्रैमासमा साल्ट ट्रेडिङले ४ करोड ७१ लाख रुपैयाँभन्दा बढी खुद नाफामा चालु आवको दोस्रो त्रैमाससम्मा उक्त नाफा बढेर १० करोड ९ लाख रुपैयाँ पुगेको छ।
चालु आवमा कम्पनीको आम्दानी ४० प्रतिशत बढेको छ। अघिल्लो आवमा ४ अर्ब ५८ करोड रुपैयाँ आम्दानी गरेको साल्ट ट्रेडिङले चालु आवको ६ महिनामा ६ अर्ब ४१ करोड रुपैयाँ आम्दानी गरेको छ।







